म्यानपावरको धरौटी वृद्धि प्रमाणिकरण, ६ महिनाभित्र नयाँ नियम लागू « Khabarhub

म्यानपावरको धरौटी वृद्धि प्रमाणिकरण, ६ महिनाभित्र नयाँ नियम लागू


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति कार्यालयले वैदेशिक रोजगार व्यवसायीको धरौटी र बैक ग्यारेन्टी वृद्धि गर्ने प्रावधानसहित केही नेपाल ऐन संशोधन विधेयक २०७५ प्रमाणीकरण गरेको छ । आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५ र नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७५ प्रमाणिकरण गरेको कार्यालयले जानकारी दिएको छ ।

संशोधित वैदेशिक रोजगार ऐन २०६४ मा रहेको वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न ईजाजतपत्र लिदाँ व्यवसायीले राख्ने ईजाजत पत्रको धरौटी र बैक ग्यारेन्टी पनि तहअनुसार राख्नुपर्ने भएको छ । वैदेशिक रोजगार ऐन २०६४ वर्तमान संविधानसँग नबाझिएको भएपनि धरौटी वृद्धि सम्वन्धी प्रावधान केही नेपाल ऐन संशोधन विधेयकमा समावेश भएकाले धरौटी वृद्धि प्रस्ताव पनि सँगसँगै पारित गरिएको कार्यालयले जनाएको छ ।

संविधानको धारा ३०४ अनुसार संघीय संसदको बैठक बसेको एक वर्षभित्र संविधानसँग बाझिने कानून संशोधन गर्नुपर्ने वाध्यता छ । गत वर्ष फागुन २१ गते संघीय संसदको पहिलो बैठक प्रारम्भ भएकाले फागुन २१ अघि नै संविधानसँग बाझिएका कानून संशोधन गर्नुपर्ने वाध्यात्मक अवस्था थियो । तर, यो विषयमा अन्तरमत नदेखिएकाले प्रतिनिधि सधा र राष्टियसभाबाट पारित गराएर प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएको थियो ।

संशोधित वैदेशिक रोजगार ऐनमा वार्षीक ३ हजारभन्दा कम कामदार पठाउने रोजगार व्यवसायीले ५० लाख नगद र एक करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी गरी २ करोड बुझाउनु पर्नेछ । वार्षीक ३ हजारदेखि ५ हजारसम्म कामदार पठाउन चाहने कम्पनीले एक करोड नगद र ३ करोड बैंक ग्यारेन्टी गरी ४ करोड बुझाउनुपर्छ । वार्षीक ५ हजारभन्दा बढि कामदार पठाउन चाहने कम्पनीले २ करोड नगद र ४ करोड बैंक ग्यारेन्टी गरी ६ करोड धरौटी राख्नुपर्ने व्यवस्था छ । विधेयकको दफा १ को उपदफा २ मा नै यो ऐन तुरुन्त लागू हुनेछ भन्ने व्यवस्था भएकाले संशोधित व्यवस्था राजपत्रमा सूचना सार्वजनिक भएको दिनदेखि लागू हुनेछन् ।

म्यानपावर कम्पनीको शाखा सञ्चालन, उजुरी जस्ता विषय राजपत्रमा सूचना सार्वजनिक भएको दिनदेखि नै लागू हुन्छ । भने धरौटी वृद्धिसम्वन्धी राजपत्रमा सूचना प्रकाशित भएको ६ महिनाभित्र राख्नु पर्ने व्यवस्था छ ।

हाल, वैदेशिक रोजगार कम्पनीले ७ लाख नगद र २३ लाख बैंक ग्यारेन्टी गरि ३० लाख धरौटी राख्नुपर्ने व्यवस्था छ । संशोधित ऐनमा वार्षिक सय जना भन्दा कम कामदार वैदेशिक रोजगारीमा पठाउन म्यानपावर कम्पनी बन्द गर्न सक्ने व्यवस्था राखिएको छ । हाल वैदेशिक रोजगार विभागमा १५ सय म्यानपावर कम्पनी दर्ता छन् भने करिब ८ सयले म्यानपावर कम्पनीले मात्र वैदेशिक रोजगारीमा कामदार आपूर्ति गदै आएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ११ : ०० बजे

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक

काठमाडौं महानगरका ७५ हजारलाई निःशुल्क कानुनी सेवा, ३५ न्यायिक सहजकर्ता परिचालन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आजदेखि पाँचौँ संस्करणका न्यायिक सहजकर्तालाई परिचालन गरेको

३०औँ जनयुद्ध दिवस रुकुमपूर्वमा मनाउँदै नेकपा

रुकुमपूर्व– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै

विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अस्ट्रेलिया र जिम्बाबेको प्रतिस्पर्धा

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार तीन खेल हुँदैछन्

सञ्चार मन्त्रालयको दोस्रो त्रैमासिक समीक्षा : पुँजीगत खर्च बढाइनुपर्नेमा जोड

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले पुँजीगत