नेप्से परिसूचक आज पनि ओरालो « Khabarhub

नेप्से परिसूचक आज पनि ओरालो


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.६५ अङ्कले घटेर एक हजार १२८.३४ मा पुगेको छ । सेन्सेटिभ परिसूचक ०.२५ अङ्कले घटेर २४८.६७ मा पुगेको छ ।

स्टकका अनुसार कुल १६५ कम्पनीका १० लाख ९७ हजार ९२० कित्ता शेयर रु तीस करोड ३७ लाख २४ हजार २०४ मा खरिदबिक्री भएको छ । कारोबार भएका १२ उपसमूहमध्ये दुई उपसमूहको मात्र शेयर उकालो लागेको छ । बैङ्किङ ०.५७ र व्यापार ३२.९९ अङ्कले बढ्दा होटल ६.६२, विकास बैङ्क २.३८, जलविद्युत् २.८१, वित्त ०.७७, निर्जीवन बीमा २४.२५, उत्पादन १६.५८, अन्य २.७१, लघुवित्त ३.४४, जीवन बीमा ३०.३७ र सामूहिक लगानी कोषको शेयर ०.०५ अङ्कले घटेको छ ।

कारोबार रकमका आधारमा एनएमबी बैङ्क शीर्ष स्थानमा रहेको छ । सो बैङ्कको शेयर रु ३ करोड ५४ लाख ९९ हजार ९५७ मा खरिदबिक्री भई शीर्ष स्थानमा रह्यो । यसैगरी नेपाल बैङ्कको रु २ करोड ६८ लाख ५५ हजार २५४, नविल बैङ्कको रु २ करोड १८ लाख ४० हजार ९५९, प्राइम कमर्शियल बैङ्कको रु १ करोड २२ लाख २२ हजार ३२४, प्रभु बैङ¬्कको रु ९८ लाख २९ हजार ४० र हिमालयन डिस्टिलरीको शेयर रु ८८ लाख १२ हजार २९२ मा खरिदबिक्री भए ।

परिसूचक घटेपनि साल्ट ट्रेडिङ कर्पोरेशनका शेयरधनीले ९.९७ प्रतिशतले कमाए । यस्तै घोडीघोडा लघुवित्त वित्तीय संस्था ९.९२, जनउत्थान सामुदायिक लघुवित्त विकास बैङ्क ८.०२, माउन्टेन हाइड्रो नेपाल ६.४९, जोशी हाइड्रोपावर डेभलपमेन्ट ५.२६ र सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले ४.९४ प्रतिशतले कमाए ।

यस्तै रिडी हाइड्रोपावर डेभलपमेन्टका शेयरधनीले ६.६६ प्रतिशतले गुमाउँदा तारागाँउ रिजेन्सी होटल लिमिटेड ४.०५, नविल समृद्धि फण्ड¬–१ को ३.८५, खानीखोला हाइड्रोपावर ३.८४, नेशनल हाइड्रो पावर कम्पनी ३.८४ र नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले ३.८० प्रतिशतका दरले गुमाए ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ५ : ४६ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार तीन दिने चीन भ्रमणमा जाने

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर आइतबार तीन दिने औपचारिक भ्रमणका लागि उत्तरी

विभिन्न विपद्का घटनामा परी एकैदिन ५ जनाको मृत्यु, ७ जना घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३२ वटा विपद्का घटना दर्ता भएका

अफगान प्रहरीले महिलामाथि गरेको दमनको राष्ट्रसङ्घीय विज्ञद्वारा निन्दा

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका मानवअधिकार विज्ञहरूको समूहले अफगानिस्तानको पश्चिमी सहर

कुमारी बैंकद्वारा ‘रियल टाइम ईआरपी’ एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सुरुवात

काठमाडौं– कुमारी बैंक लिमिटेडले आईएमएस सफ्टवेयर प्रालिसँगको सहकार्यमा नेपालको पहिलो

सुस्तामा हतियारसहित भारतीय सुरक्षाकर्मी, नेपालीको विरोधपछि सीमा क्षेत्रबाट फिर्ता

नवलपरासी (पश्चिम) । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा