काठमाडौं– पाकिस्तान, साउदी अरब र टर्कीबीच हालै एक महत्त्वपूर्ण त्रिपक्षीय रक्षा सम्झौतामा हस्ताक्षर भएलगत्तै पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले इजरायलविरुद्ध कडा अभिव्यक्ति दिएका छन्।
उनले इजरायललाई सम्पूर्ण मुस्लिम जगतका लागि साझा खतरा र ‘अवैध राज्य’ को रूपमा वर्णन गर्दै सबै इस्लामिक राष्ट्रहरूलाई यसको मुकाबिला गर्न एकीकृत सैन्य मोर्चा बनाउन आह्वान गरेका छन्।
पाकिस्तानका प्रधानमन्त्री, साउदी युवराज र टर्कीका राष्ट्रपतिकाबीच भएको उक्त नयाँ रक्षा सम्झौताले तीनवटै देशहरूले एकअर्काविरुद्धको आक्रमणलाई सामूहिक आक्रमणको रूपमा लिने व्यवस्था गरेको छ। यसै सन्दर्भमा प्रतिक्रिया दिँदै पाकिस्तानी रक्षा मन्त्रीले इजरायलको गठनको ऐतिहासिक पृष्ठभूमिमाथि प्रश्न उठाएका छन् र जबसम्म प्यालेस्टाइनको मुद्दा स्थायी रूपमा समाधान हुँदैन तबसम्म सम्पूर्ण मुस्लिम विश्व एक ढिक्का भएर उभिनुपर्ने बताएका छन्।
टर्कीका विदेशमन्त्रीले समेत यो नयाँ त्रिपक्षीय सुरक्षा सम्झौता नेटोको सामूहिक रक्षा धारा (धारा ५) सरह रहेको स्पष्ट पारेका छन्। यस नयाँ गठबन्धन र पाकिस्तानी मन्त्रीको कडा बयानबाजीले पश्चिम एसिया तथा दक्षिण एसियाली भूराजनीतिमा नयाँ तरंग पैदा गरेको छ।













प्रतिक्रिया