साल्ट ट्रेडिङ कर्पोरेशनका विराटनगर प्रमुख झाविरुद्ध आरोपपत्र दायर | Khabarhub Khabarhub

साल्ट ट्रेडिङ कर्पोरेशनका विराटनगर प्रमुख झाविरुद्ध आरोपपत्र दायर


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदाममा रहेको रासायनिक मल हिनामिना गरेको आरोपमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड अञ्चल कार्यालय विराटनगरका प्रमुख नवीनचन्दू झासहित तीन जनाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

आयोगले निज झासहित भण्डार प्रमुख दिलचन्द्र झा र जुनियर सहायक खगेन्द्र बस्नेतले कार्यालयको गोदाममा रहेको रु १९ लाख सात हजार ३५० बराबरको रासायनिक मल मिलेमतोमा अनियमित तरिकाले बिक्री वितरण गरेको अभियोग लगाएको छ ।

उनीहरुले पदीय दायित्व पूरा नगरी नेपाल सरकार वा सार्वजनिक संस्थालाई गैरकानूनी हानी पु¥याउने बदनियत राखेको ठहर गर्दै आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ६ : ०४ बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न