भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार « Khabarhub

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार


१७ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font


बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीपछि बर्दियाका १३५ जनाको उद्धार गरिएको छ । तीमध्ये २९ जना घर फर्किसकेका छन् भने दुई जना उपचाररत् छन् ।

जिल्ला प्रशासन कार्यालयका बिपद् फोकल पर्सन लोकप्रसाद ढकालका अनुसार बाँसगढी–२ का नन्दलाल घर्तिको राष्ट्रिय ट्रमा सेन्टर र बारबर्दिया–१ का रामप्रसाद थारुको त्रिवि शिक्षण अस्पताल महराजगञ्ज काठमडौँमा उपचार भइरहेको छ ।

रसुवा गएकामध्ये जिल्लाका अभैm ७३ जना सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीन रहेका व्यक्तिको खोज तथा उद्धारका लागि रसुवा, नुवाकोट, धाडिङ, गोर्खा, चितवनलगायतका प्रमुख जिल्ला अधिकारीसँग निरन्तर समन्वय गरिरहेको बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिए।

बाढीबाट सम्पर्कविहीन रहेका गुलारिया नगरपालिकाका–२, बाँसगढी नगरपालिकाका १२, राजापुर नगरपालिकाका ११, बारबर्दिया नगरपालिकाका २२, ठाकुरबाबा नगरपालिकाका १०, मधुबन नगरपालिकाका १, गेरुवा गाउँपालिका १४ जना गरी ७३ जना व्यक्ति अभैm सम्पर्क विहीन रहेको बिपद् फोकल पर्सन ढकालले जानकारी दिए ।

सम्पर्कविहीन हुनेमध्ये पावर चाइना हाईड्रोपावर, अपर त्रिशूली हाइड्रोपावर, त्रिशूली हाइड्रोपावर, रसुवागढी कन्सट्राक्सन कम्पनी, रसुवा सुरुङ्मार्गमा अधिकांस कामदारका रूपमा काम गर्न गएका व्यक्ति रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाबाट रसुवा लागायतका बाढी प्रभावित जिल्लामा कति व्यक्ति काम गर्न गएका थिए, कुनै यकिन तथ्याङ्क भने छैन ।

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  १० : ३६ बजे

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६