सामाजिक सञ्जालमा अभिनन्दनको ‘जुँगा’ भाइरल, ट्रेण्ड चलाइयो « Khabarhub

सामाजिक सञ्जालमा अभिनन्दनको ‘जुँगा’ भाइरल, ट्रेण्ड चलाइयो


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानबाट रिहा भएका भारतीय वायुसेनाका विङ कमाण्डर अभिनन्दनको जुँगा भारतमा फेशन ट्रेण्डको रुपमा विकसित भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले फेसबूक तथा ट्वीटरमा अभिनन्दनकै शैलीमा आफ्नो जुँगा बनाएर तस्वीर पोस्ट गरिरहेका छन् ।

माइक्रो ब्लगिङ साइट ट्वीटरमा भारतीयहरुले #AbhinandanMustache ट्रेण्ड चलाइरहेका छन् ।

अभिनन्दनको जुँगा पनि अरुभन्दा फरक छ । उनको जुँगा माथिल्लो चिउँडोबाट गालाको दाह्रीसम्म जोडिएको छ । कतिपयले उनलाई चलचित्रका कलाकारको जस्तो भएको भन्दै तारिफ समेत गरेका छन् । अभिनन्दनको गनस्लिङर शैलीको जुँगा गालाको मटन चप दाह्रीमा जोडिएको छ ।

बुधबार भारत र पाकिस्तानको सीमा क्षेत्रमा भएको युद्धका क्रममा भारतीय विमान पाकिस्तानी भूभागमा खसेको थियो । विमान खस्दा अभिनन्दनले प्यारासुटबाट हाम फालेर ज्यान जोगाएका थिए । लगत्तै पाकिस्तानी सेनाले उनलाई हिरासतमा लिएको थियो ।

त्यसपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ‘शान्तिको सन्देश’ भन्दै अभिनन्दनलाई गत शुक्रबार रिहा गरेका थिए ।

ट्वीटरमा भाइरल भइरहेको तस्वीर

हिरासतमा रहँदा पाकिस्तानबाट अभिनन्दनको भिडियो सार्वजनिक भएको थियो । उनको भिडियो सार्वजनिक भएदेखि नै जुँगाको चर्चा शुरु हुन थालेको हो ।

भारतमा अभिनन्दनलाई ‘हिरो’ शैलीको सम्मान दिइएको थियो । पाकिस्तानबाट रिहा भएर भारत आएपछि अभिनन्दनको सम्मानमा भारतीयहरुले उनकै शैलीको जुँगा बनाउने क्रम जारी छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  १२ : ३० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया