सामाजिक सञ्जालमा अभिनन्दनको ‘जुँगा’ भाइरल, ट्रेण्ड चलाइयो | Khabarhub Khabarhub

सामाजिक सञ्जालमा अभिनन्दनको ‘जुँगा’ भाइरल, ट्रेण्ड चलाइयो


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानबाट रिहा भएका भारतीय वायुसेनाका विङ कमाण्डर अभिनन्दनको जुँगा भारतमा फेशन ट्रेण्डको रुपमा विकसित भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले फेसबूक तथा ट्वीटरमा अभिनन्दनकै शैलीमा आफ्नो जुँगा बनाएर तस्वीर पोस्ट गरिरहेका छन् ।

माइक्रो ब्लगिङ साइट ट्वीटरमा भारतीयहरुले #AbhinandanMustache ट्रेण्ड चलाइरहेका छन् ।

अभिनन्दनको जुँगा पनि अरुभन्दा फरक छ । उनको जुँगा माथिल्लो चिउँडोबाट गालाको दाह्रीसम्म जोडिएको छ । कतिपयले उनलाई चलचित्रका कलाकारको जस्तो भएको भन्दै तारिफ समेत गरेका छन् । अभिनन्दनको गनस्लिङर शैलीको जुँगा गालाको मटन चप दाह्रीमा जोडिएको छ ।

बुधबार भारत र पाकिस्तानको सीमा क्षेत्रमा भएको युद्धका क्रममा भारतीय विमान पाकिस्तानी भूभागमा खसेको थियो । विमान खस्दा अभिनन्दनले प्यारासुटबाट हाम फालेर ज्यान जोगाएका थिए । लगत्तै पाकिस्तानी सेनाले उनलाई हिरासतमा लिएको थियो ।

त्यसपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ‘शान्तिको सन्देश’ भन्दै अभिनन्दनलाई गत शुक्रबार रिहा गरेका थिए ।

ट्वीटरमा भाइरल भइरहेको तस्वीर

हिरासतमा रहँदा पाकिस्तानबाट अभिनन्दनको भिडियो सार्वजनिक भएको थियो । उनको भिडियो सार्वजनिक भएदेखि नै जुँगाको चर्चा शुरु हुन थालेको हो ।

भारतमा अभिनन्दनलाई ‘हिरो’ शैलीको सम्मान दिइएको थियो । पाकिस्तानबाट रिहा भएर भारत आएपछि अभिनन्दनको सम्मानमा भारतीयहरुले उनकै शैलीको जुँगा बनाउने क्रम जारी छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  १२ : ३० बजे

वेस्ट इन्डिज ‘ए’ माथि नेपालको शानदार जित

काठमाडौं–  नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको

इलाम-२ मा ५२ प्रतिशत मत खस्यो

फिक्कल– इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौं– आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका लागि

लगानी सम्मेलनको पूर्वसन्ध्यामा सेयर लगानीकर्ता सडकमा (तस्बिरहरू)

काठमाडौं– स्वदेशी लगानीकर्ताको सुरक्षा गर्नुपर्ने भन्दै पूँजीबजार लगानीकर्ता (सेयर कारोबारी)हरूले

काठमाडौं महानगरको कार्यालय समय बिहान ९ बजेदेखि

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आजबाट बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेको