सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग बन्ने भएपछि स्थानीय खुशी « Khabarhub

सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग बन्ने भएपछि स्थानीय खुशी


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- बर्सेनी पहिरो गएर थुप्रै नागरिकको ज्यान गएको सिद्धबाबा पहिरोग्रस्त क्षेत्रका अब सुरुङमार्ग निर्माण हुने भएको छ ।
पाल्पा बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्र विकासका लागि नेपाल सरकार अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चिता गरेलगत्तै यस क्षेत्रका नागरिक खुशी भएका छन् ।

राष्ट्रिय योजना आयोगबाट स्वीकृत योजनाका लागि १० अर्ब १५ करोड स्वीकृत भएको छ । सिद्धबाबा क्षेत्रको करिब एक किलोमिटर ७०० मिटर सडक सुरुङमार्ग बनाउन स्टिमेट र डिजाइन स्वीकृत भएको हो ।

अर्थ मन्त्रालयले बहुवर्षीय ठेक्का लगाई डिजाइनअनुसार काम अगाडि बढाउन भौतिक योजना तथा पूर्वाधार मन्त्रालयलाई भनेको छ । अर्थ मन्त्रालयका शाखा अधिकृत मनोज रेग्मीद्वारा हस्ताक्षरित स्रोत सुनिश्चिता पत्र सम्बन्धित सडक डिभिजन कार्यालयमा पठाइएको छ ।

यही मंसिर १ गते बसेको मन्त्रिपरिषद्को बैठकले सुरुङमार्ग निर्माणका लागि हरेक वर्ष रकम सुनिश्चित गर्ने गरी निर्णय गरेको हो । अर्थ मन्त्रालयले भौतिक योजना तथा पूर्वाधार मन्त्रालयलाई पत्र लेखेर सहमति दिएसँगै सडक निर्माणका निम्ति ठेक्का प्रक्रिया अगाडि बढेको छ ।

हिउँद तथा बर्सातको समयमा पहिरोसँगै ठूलाठूला ढुङ्गा खसेर थुप्रै नागरिकको ज्यान गएको क्षेत्रमा पटक पटक निर्माण कार्य हुने र बर्सेनी अनुगमन गरिने क्षेत्रबाट अब भने सुरक्षित सडक निर्माण हुनेमा सर्वसाधारण नागरिक विश्वस्त छन् ।

पाल्पा बुटवल सडकखण्डको सिद्धार्थ राजमार्ग अन्तर्गतको यो सडकमा बर्सेनी नागरिकले ज्यान गुमाउँदै आएका छन् । सहमतिपत्र सार्वजनिक भएसँगै स्याङ्जा, पाल्पा हुँदै बुटवलसम्म जाने–आउने यात्रुहरु सुरक्षित यात्रा गर्न पाउनेमा ढुक्क हुने भएपछि खुशी भएको पाल्पा क्षेत्र नं १ का सङ्घीय सांसद तथा पूर्वमन्त्री दलबहादुर बताए ।

सांसद रानाले पाल्पाका लागि व्यापारिक केन्द्र बुटवल आउनजान बढी पर्ने भएकाले पनि यो मार्गमा सुरुङमार्ग निर्माण हुनुले आफू निकै खुशी भएको बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ११ : ०० बजे

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे– अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति

मिराज नेतृत्वमा सरकारविरुद्ध आन्दोलन, माइतीघरमा सुरक्षा कडा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज प्रदर्शन गर्दै

‘ताखु’बाट धागो कात्दै कालिकोटका बल बहादुर (तस्बिरहरू) 

काठमाडौं– संघीय राजधानी काठमाडौंको हनुमानढोका दरबार स्क्वायर आउने प्रायः आगन्तुकहरूले