संखुवासभामा शिक्षकको गोली हानी हत्या « Khabarhub

संखुवासभामा शिक्षकको गोली हानी हत्या


१९ भदौ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईको गोली हानी हत्या गरिएको छ।

कालिका आधारभूत विद्यालयमा कार्यरत राई बिहीबार साँझ खाना खाएर हात धुन बाहिर निस्किएका बेला भरुवा बन्दुकबाट गोली प्रहार भएको प्रहरीले जनाएको छ।

गोली लागेर देब्रे कोखमा चोट लागेका राई बन्दुकको आवाजसँगै घटनास्थलमै ढलेका थिए। विद्यालयमै बस्दै आएका राईमाथि गोली कसले र किन चलायो भन्नेबारे हालसम्म खुलेको छैन।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हेदाङनागढीबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ।

प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार  १० : ०३ बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा