हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित « Khabarhub

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित


२० भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई १–० ले पराजित गर्दै प्रिमियर लिगमा लगातार तेस्रो जित हात पारेको छ। जितसँगै सिटीले शीर्ष स्थानमा आफ्नो पकड कायमै राखेको छ ।

टोटेनह्याम हटस्परले भने नटिङ्घम फरेस्टसँग गोलरहित बराबरी खेल्दै सिजनको पहिलो अंक जोडेको छ। टोटेनह्यामले लगातार तेस्रो लिग खेलमा गोल गर्न सकेन ।

यता न्युक्यासल युनाइटेडले दुई गोलले पछि परेको अवस्था उल्टाउँदै बोर्नमाउथसँग २–२ को बराबरी खेलेको छ। ज्याकोब राम्सीले खेलको अन्त्यतिर गोल गर्दै न्युक्यासललाई एक अंक दिलाए ।

क्रिस्टल प्यालेसले उत्कृष्ट पुनरागमन गर्दै फुलहमलाई ३–२ ले हरायो । दुईपटक पछि परेको प्यालेसले अन्ततः सिजनको पहिलो जित निकाल्न सफल भयो ।

अन्य खेलमा ब्राइटन र लिड्स युनाइटेडले १–१ तथा ब्रेन्टफोर्ड र सन्डरल्यान्डले पनि १–१ को बराबरी खेले ।

प्रकाशित मिति : २० भदौ २०८३, शनिबार  १० : ३९ बजे

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै