बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन « Khabarhub

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धारसँगै सडक खुलाउन मुख्यमन्त्रीको निर्देशन


२१ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका विभिन्न स्थानमा गएको बाढीपहिरो तथा त्यसका कारण अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री भट्टले बाजुरा जिल्लाका विभिन्न स्थानमा गएको बाढीपहिरोबाट भएको क्षति तथा अवस्थाबारे बाजुराका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोनमार्फत जानकारी लिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

बैतडीको ढोल्यामोडलगायत विभिन्न क्षेत्रमा गएको बाढीपहिरो र त्यसका कारण सडक अवरुद्ध भएको विषयमा उनले जानकारी लिएका छन् । 

उनले दुवै जिल्लाका अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका आवश्यक स्रोतसाधन परिचालन निर्देशन दिएका छन् । 

विपद्बाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी र सतर्कता अपनाउन मुख्यमन्त्री भट्टले सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

मुख्यमन्त्री भट्टले विपद्को समयमा नागरिकको जनधनको सुरक्षा प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै उद्धार, राहत तथा सडक सञ्चालनका कामलाई प्रभावकारी बनाउन प्रदेश सरकारका सम्बन्धित निकायलाई परिचालन हुन निर्देशन दिएका छन् ।

प्रकाशित मिति : २१ भदौ २०८३, आइतबार  ८ : ०१ बजे

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६