कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने « Khabarhub

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने


२१ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो १ बजे पुनः बस्ने भएको छ।

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसीका अनुसार आज बसेको कार्यसम्पादन समितिको बैठक मुख्यतः भोटेकोशी बाढी तथा पहिरोबाट उत्पन्न परिस्थितिमा केन्द्रित भएको थियो।

बैठकले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्निर्माणका लागि पार्टीको तर्फबाट आवश्यक योगदान गर्ने निर्णय गरेको छ। प्रभावित क्षेत्रको अवस्थाबारे सरकारलाई आवश्यक सुझाव तथा सल्लाह दिने, पार्टीका संरचना तथा भ्रातृ एवं शुभेच्छुक संगठनलाई थप परिचालन गर्ने र पीडितहरूलाई सहयोग पुर्‍याउने निर्णय पनि भएको प्रवक्ता चालिसीले जानकारी दिए।

बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राष्ट्रसंघमा नेपालको तर्फबाट उठाउनुपर्ने विषयवस्तुका सम्बन्धमा पनि सुझाव दिने निर्णय गरेको छ।

त्यस्तै, भोटेकोशी बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा जनजीवन प्रभावित भएकाले आगामी २४ गतेका लागि तय भएको वडा अधिवेशनको मितिमा पुनर्विचार गर्न पार्टी नेतृत्वसमक्ष अनुरोध गर्ने विषयमा पनि छलफल भएको छ।

बैठकले पार्टीको अनुशासन उल्लंघन गरेका, पार्टी परित्याग गरेका तथा निधन भएका सदस्यबाहेक अन्य सबैलाई १५औँ महाधिवेशनका लागि सदस्यता नवीकरण गरेको तर अद्यावधिक नभएकाहरूलाई समेत महाधिवेशन प्रक्रियामा सहभागी हुन दिने निर्णय गरेको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो १ बजे पुनः बस्नेछ।

प्रकाशित मिति : २१ भदौ २०८३, आइतबार  ८ : २६ बजे

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको