विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ « Khabarhub

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ


२२ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको समयमा सबै एकताबद्ध भएर उभिनुपर्ने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ जिल्ला कार्यसमितिले आज साँझ बौद्धनाथ स्तूपामा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा मन्त्री श्रेष्ठले सम्पूर्ण नेपालीहरू एकताबद्ध भएर विपत्तिविरुद्ध उभिनुपर्ने बताएका हुन् ।

उनले देश अहिले गहिरो प्राकृतिक विपत्ति र सङ्कटको घडीबाट गुज्रिरहेको उल्लेख गरे । मन्त्री श्रेष्ठले यस कठिन परिस्थितिमा सम्पूर्ण नेपालीहरू एकताबद्ध भएर विपत्तिविरुद्ध उभिनुपर्नेमा जोड दिए ।

मन्त्री श्रेष्ठले बेपत्ता भएकाको खोजी, उद्धार तथा प्रभावितको पुनस्र्थापनामा सरकार गम्भीरतापूर्वक लागि परेको प्रस्ट पारे । कार्यक्रममा मन्त्री श्रेष्ठले बाढीमा परी जीवन गुमाउने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । सरकारले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण निधन भएका नागरिकको सम्मानस्वरुप आज राष्ट्रिय शोक मनाएको छ ।

प्रकाशित मिति : २२ भदौ २०८३, सोमबार  ९ : ४१ बजे

बैतडीमा भूकम्पको धक्का

बैतडी– बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प

पर्सनलाइज्ड एमआरएनए खोपले मेलानोमा क्यान्सर दोहोरिने वा मृत्यु हुने जोखिम ४२ प्रतिशत घटायो

काठमाडौँ– पर्सनलाइज्ड एमआरएनए क्यान्सर खोप र प्रतिरक्षा उपचार औषधिको संयुक्त प्रयोगले

नागढुंगाबाट लागुऔषधसहित एक जना पक्राउ

काठमाडौँ– काठमाडौंको नागढुंगाबाट १४.२८ ग्राम लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री मेहता

धनुषा– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत

कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा

एजेन्सी– उत्तर कोरियाले दक्षिण कोरियामाथि व्यापक सैन्य आक्रमण गरेको कथावस्तु