जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो « Khabarhub

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो


२३ भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका आमालाई सम्बोधन गरेका छन् । 

आन्दोलनका एक वर्ष पूरा भएको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आमा तिमिलाई लागेको होला मेरो गर्भबाट जन्मिएको छोरो मर्‍यो । म एक्लो पर्‍यो । हैन आमा तिम्रो छोरो मरेको हैन, उ त यो देशमा यस्तो बिउ बनेर रोपिएको छ, त्यहीबाट नयाँ सुशासनको वृक्ष बनेर उम्रिएको छ ।’ 

सबै आमालाई सम्बोधन गर्दै उनले भने, ‘तिम्रो गर्भबाट सपुतले बास गरेको हो । तिम्रो गर्भमा नायकले बास गरेको हो । आफ्नो गर्भलाई धन्यवाद भन । म तिम्रो गर्भलाई यहाँबाट प्रणाम गर्न चाहन्छु । स्याबास आमा ! धन्यवाद आमा ! जसले सहिद जन्माउनुभयो । प्रत्येक आमाहरूको पाउ छोएर म प्रणाम गर्न चाहन्छु । तिम्रो छोरो ढल्यो, यो देश उठ्यो । तिम्रो छोरोले गोली खायो र यो देशले सिटामोलको गोली खान पाएको हो ।’

आफू आलो काँचो भए पनि कुहिएको नभएको बताउँदै उनले सुखले बाँच्ने दिन आउने उनले बताए । 

प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार  ३ : ३६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली