भाद्र २३ र २४ गतेको घटनालाई एउटै आँखाले हेर्न मिल्दैन : मन्त्री गौतम « Khabarhub

भाद्र २३ र २४ गतेको घटनालाई एउटै आँखाले हेर्न मिल्दैन : मन्त्री गौतम


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सहिद तथा घाइतेहरूले देखेका हरेक सपना पूरा गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन् । 

जेनजी सहिद दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गौतमले सरकार सफा नियतका साथ आएको र सहिद तथा घाइतेहरूले देखेका हरेक सपना पूरा गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी हुन् । 

उनले आन्दोलनपछि जनताले लोकतान्त्रिक विधि र पद्धति प्रयोग गरेर नयाँ नेतृत्व चुनेको उल्लेख गर्दै जनताका साथमा सरका रहेको धारणा राखिन् ।

वर्तमान सरकार गठन भएदेखि अहिलेसम्म काम गरेको अवधि साढे चारदेखि पाँच महिना मात्र भएकाले धेरै संरचना बुझ्न र मिलाउन समय लागेको उनले बताइन् ।

त्यस्तै उनले प्रतिनिधि सभामा करिब दुई–तिहाइको संख्या भए तापनि कानुन निर्माणका लागि राष्ट्रिय सभाबाट पनि पारित हुनुपर्ने र राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने कानुनी व्यवस्था रहेकाले सहज नभएको धारणा राखिन् । 

राष्ट्रिय सभा तथा अन्य संरचनाहरूमा कसले सहयोग गरिरहेको छ वा छैन भन्ने कुरा जनताले प्रत्यक्ष मूल्यांकन गरिरहेको उनको भनाइ छ । 

उनले जनताको धैर्यताको बाँध फुट्ने अवस्था बुझ्न सकिने भए पनि जनतालाई जत्तिकै पीडा सरकारमा रहेकाहरूलाई पनि रहेको बताइन् । 

मन्त्री गौतमले अहिले आपसमा लड्ने र दोषारोपण गर्ने गर्दा विरोधीहरूले खेल्ने ठाउँ पाउने भएकाले सबै एकजुट भई धैर्य र साहसका साथ अघि बढ्न आग्रह गरिन् । 

भाद्र २३ गते युवाहरूमाथि गोली हानिएको, दमन भएको र उनीहरूले ज्यान गुमाउनुपरेको हुँदा २३ गते र २४ गतेको घटनालाई एउटै आँखाले हेर्न नमिल्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  ४ : ४७ बजे

भारत–बङ्गलादेश रेलसेवा पुनः सञ्चालनबारे वार्ता

ढाका– भारत र बङ्गलादेशले स्थगित यात्रु रेलसेवा पुनः सञ्चालन गर्ने

‘यो सरकारबाट जेन-जी आन्दोलनको औचित्य पुष्टि हुनेमा शङ्का छ’

काठमाडौं- जेन-जी आन्दोलनकी अभियन्ता मोनिका निरौलाले वालेन्द्र शाह नेतृत्वको वर्तमान

सरकारलाई जेन-जीको चेतावनी, ‘आफैंलाई अन्तिम हो भन्ने नठान्नु, जनताले विकल्प खोज्छन्’

काठमाडौं- सडकबाट स्वतन्त्र रुपमा आवाज उठाइरहेका जेन-जी अभियान्ताहरू वालेन्द्र शाह

भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा

नयाँदिल्ली- भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत–श्रीलङ्का रक्षा तथा समुद्री सुरक्षा सहकार्यलाई

धोबीखोलामा बगेका एक जनाको उद्धार

काठमाडौं- धोबीखोलामा खसेका एक जनाको सकुशल उद्धार गरिएको छ ।