ट्रम्पकै निर्देशनमा युक्रेनलाई दबाव दिएको अमेरिकी कूटनीतिज्ञको बयान « Khabarhub

ट्रम्पकै निर्देशनमा युक्रेनलाई दबाव दिएको अमेरिकी कूटनीतिज्ञको बयान


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाका एक उच्च कूटनीतिज्ञले राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनअनुसार नै डेमोक्र्याट नेता जो बाइडनविरुद्ध अनुसन्धान गर्न युक्रेनलाई आफूले दबाव दिएको बताएका छन् ।

उनले ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी जाँचबुझ गर्न भइरहेको सार्वजनिक सुनुवाइमा त्यस्तो बयान दिएको बीबीसीले जनाएको छ ।

युरोपेली सङ्घ ईयूका लागि अमेरिकी राजदूत गोर्डन सन्डलन्डले त्यस्तो आदेश ट्रम्पका निजी वकिल रुडी जुलिआनीबाट आएको बताए ।

जाँचबुझसम्बन्धी सुनुवाइले राजनीतिक लाभका लागि ट्रम्पले आउँदो राष्ट्रपतीय निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध छानबिन गर्न युक्रेनलाई दबाव दिएको कुरा पुष्टि गर्न चाहेको छ ।

ट्रम्पमाथि त्यो दबाव दिन युक्रेनलाई दिइने सैन्य सहायता रोकेको आरोप छ । तर ट्रम्पले त्यो अस्वीकार गर्दै आएका छन् । अमेरिकामा चुनावी लाभका निम्ति विदेशी सहायता खोज्नु गैरकानुनी मानिन्छ । बाइडन सन् २०२० मा हुने राष्ट्रपतीय निर्वानमा डेमोक्र्याटिक पार्टीका सम्भावित उम्मेदवार हुन्।

तर राजदूत सन्डलन्डले युक्रेनबाट पाउने सहयोगको बदलामा सैन्य सहायता फुकाउने कुरा आफूले ट्रम्पबाट सीधै नसुनेको पनि बताएका छन् ।

ह्वाइट हाउसले उनको बयानबाट राष्ट्रपतिले पूर्ण रूपमा सफाइ पाएको दाबी गरेको छ । तर डेमोक्र्याटहरूले राजदूतको बयानलाई महत्त्वपूर्ण र चिन्ताजनक भनेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  २ : १४ बजे

संसदीय मर्यादा र पदीय प्रतिष्ठामा किन चुक्दैछन् नयाँ सांसद ?

सरकार दुईतिहाइको छ। संसद इतिहासकै युवामय छ। तर सांसदको बोली,

संरक्षणको पर्खाइमा नेपालकै पहिलो ‘फर्पिङ जलविद्युत आयोजना’ (तस्बिर)

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ४१औँ वार्षिकोत्सव मनाउँदै

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा

सुनसरी– कोशी गाउँपालिका– ८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत