ग्यास वितरणमा गडबडीबारे सार्वजनिक बैठक गर्न सांसदको माग « Khabarhub

ग्यास वितरणमा गडबडीबारे सार्वजनिक बैठक गर्न सांसदको माग


२५ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रास्वपा सांसद बोध नारायण श्रेष्ठले एलपीजी ग्यासको वितरण प्रणालीमा गडबडी देखिएको बताएका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद श्रेष्ठले भारतबाट ग्यास निरन्तर आइरहेको भए पनि वितरण प्रणालीमा गडबडी देखिएकाले मन्त्रालय, नेपाल आयल निगम, उद्योगी र व्यापारीहरूलाई एकै ठाउँमा राखेर सार्वजनिक बैठक गरिनुपर्ने माग समेत गरे।

समस्या कहाँ र कसका कारण रोकिएको हो भन्ने कुरा आम जनताले प्रत्यक्ष थाहा पाउनुपर्ने उनले बताए । उनले हाल २० वटा गाडीले ढुवानी गरिरहेको भए त्यसलाई बढाएर १०० वटा गाडी परिचालन गरी बजारमा आपूर्ति सहज बनाउन सुझाव दिए । 

ग्यासमाथिको दीर्घकालीन निर्भरता कम गर्न सरकारले विद्युतीय चुल्हो विशेष छुटमा उपलब्ध गराउने योजना तत्काल ल्याउनुपर्ने उनले बताए । 

साथै उनले उपत्यकाको समस्या समाधानका लागि जिम्मेवार कर्मचारी, सार्वजनिक सम्पर्क नम्बर र गुनासो सुन्ने/सम्बोधन गर्ने स्पष्ट कार्यविधि बनाउनुपर्ने धारणा राखे । 

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  २ : ४८ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली