हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो? « Khabarhub

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका बेला इरानको इस्लामिक रिभलुसनरी गार्ड कोर (आईआरजीसी) ले रणनीतिक रूपमा अत्यन्तै संवेदनशील मानिने ‘स्ट्रेट अफ हर्मुज’ (हर्मुज जलडमरूमध्य) क्षेत्रबाट अमेरिकी सेनाको एउटा मानवरहित पनडुब्बी नियन्त्रणमा लिएको दाबी गरेको छ ।

इरानी सञ्चारमाध्यमहरूका अनुसार यो उपकरण क्यालिफोर्नियास्थित प्रतिरक्षा प्रविधि कम्पनी ‘एन्डुरिल इन्डस्ट्रिज’ ले निर्माण गरेको आधुनिक अटोनोमस अन्डरवाटर भेहिकल (एयूभी) ‘डाइभ-एलडी’ हो । अल जजीराका अनुसार ‘डाइभ-एलडी’ चालकविहीन र पूर्णतया स्वचालित रूपमा पानीमुनि सञ्चालन हुने उच्च प्रविधियुक्त ड्रोन पनडुब्बी हो । लगभग ६ मिटर (१९ फिट) लामो र करिब ३ टन तौल भएको यो उपकरण समुद्रको सतहदेखि ६,००० मिटर (लगभग १९,७०० फिट) को गहिराइसम्म पुगेर काम गर्न सक्ने क्षमता राख्छ।

यो उपकरण मुख्यगरी लामो समयसम्म समुद्रमुनि रहेर सूचना सङ्कलन गर्न, जासुसी गर्न, समुद्री सतहको नक्साङ्कन गर्न, समुद्री बारुदी सुरङ पत्ता लगाउन र दूरसञ्चार वा अन्य पूर्वाधारको निरीक्षण गर्न प्रयोग गरिन्छ। एक पटक परिचालन गरेपछि लगातार १० दिनसम्म पानीमुनि रहेर तोकिएको काम पूरा गर्न सक्ने यसको विशेषता हो।

करिब २५ लाख अमेरिकी डलर पर्ने यो उपकरणलाई निर्माण कम्पनीले ‘एट्रीटेबल’ अर्थात् जोखिमपूर्ण सैन्य अभियानमा गुम्न सक्ने सम्भावनालाई ध्यानमा राखेरै बनाइएको प्रणालीका रूपमा व्याख्या गरेको छ। यसको लचिलो र खुला सफ्टवेयर तथा हार्डवेयर ढाँचाका कारण आवश्यकता अनुसार फरक-फरक प्रकारका सेन्सर, क्यामेरा र सोनार प्रविधिहरू सजिलै जडान गर्न सकिन्छ ।

इरानले यसलाई अमेरिकी सेनाको सबैभन्दा आधुनिक र बौद्धिक पनडुब्बीमध्ये एक नियन्त्रणमा लिनुलाई आफ्नो ठूलो रणनीतिक सफलता भनेको छ। अमेरिकाको रक्षा प्रशासन पेन्टागनका प्रतिनिधिले भने उक्त उपकरणमा प्राविधिक खराबी आएको र यो कुनै संवेदनशील वा वर्गीकृत तथ्याङ्क नबोकेको पुरानो मोडल भएको दाबी गरेका छन्।

यद्यपि, युद्धको मैदानमा पूर्ण अवस्थामा फेला परेको यस्तो अत्याधुनिक मानवरहित उपकरणको अध्ययनबाट इरानले अमेरिकी स्वायत्त समुद्री प्रविधि, नक्साङ्कन क्षमता र प्रणालीबारे महत्त्वपूर्ण जानकारी पाउन सक्ने विश्लेषण गरिएको छ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  ८ : ०५ बजे

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका