चार आयोगका अध्यक्षको नाम अनुमोदन | Khabarhub Khabarhub

चार आयोगका अध्यक्षको नाम अनुमोदन


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसदीय सुनुवाइ समितिले चार आयोगका अध्यक्षका लागि प्रस्तावित नाम अनुमोदन गरेको छ । समितिको आज (मंगलबार) बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग र थारु आयोगका अध्यक्षका लागि प्रस्तावित नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

संबैधानिक परिषद्ले पूर्वसचिव बालानन्द पौडेललाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, पूर्वसचिव शान्तराज सुवेदीलाई राष्ट्रिय समावेशी आयोग, डा विजयकुमार दत्तलाई मधेशी आयोग र विष्णुप्रसाद चौधरीलाई थारु आयोगको अध्यक्षका लागि नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि परिषद्ले समितिमा पठाएको थियो ।

उनीहरुको योग्यता, रुची, सोच, अवधारणा र कार्ययोजनाबारे जानकारी लिएपछि समितिले चारै जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा संबैधानिक परिषद्ले आयोगका पदाधिकारीको नाम सिफारिस गरेकोप्रति असहमति जनाउँदै नेपाली कांग्रेसका तर्फबाट समितिमा रहेका सांसद भने बैठकमा अनुपस्थिति थिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  १ : ३३ बजे

गुरु नानक जयन्ती मनाइँदै

काठमाडौं– सिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती नेपालसहित विश्वका विभिन्न

रुसको पुनर्निर्माणका लागि उत्तर कोरियाले पठायो पाँच हजार सैनिक

सियोल – उत्तर कोरियाले ‘पूर्वाधार पुनर्निर्माण’ मा सहयोग गर्न रुसमा

माओवादीसहित ९ पार्टीबीच आज एकता घोषणा हुँदै

काठमाडौं- नेकपा माओवादी केन्द्रसहित ९ वटा पार्टीहरुबीच आज एकता घोषणा

केन्टकीमा इन्धन बोकेको कार्गो विमान दुर्घटना

काठमाडौं – केन्टकीमा ठूलो मात्रामा इन्धन बोकेको कार्गो विमान दुर्घटनाग्रस्त

आज विश्व सुनामी सचेतना दिवस मनाइँदै

काठमाडौं – ‘सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ आज जापानलगायत