आइभीएफ र सरोगेसीलाई स्पष्ट कानुनी दायरामा ल्याउन विधेयक ल्याइने « Khabarhub

आइभीएफ र सरोगेसीलाई स्पष्ट कानुनी दायरामा ल्याउन विधेयक ल्याइने


२ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सहायक प्रजनन प्रविधि (एआरटी) तथा सरोगेसीसम्बन्धी विषयलाई स्पष्ट र प्रभावकारी रूपमा नियमन गर्न आवश्यक कानुनी व्यवस्था गरिने बताएकी छन् ।

राष्ट्रियसभाको बैठकमा सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानुन निर्माणका सम्बन्धमा प्रस्तुत संकल्प प्रस्तावमाथि जवाफ दिँदै उनले निःसन्तान व्यवस्थापन, अन्तर्गर्भाशयी शुक्रकिट प्रविष्टि (आइयुआई), इनभिट्रो फर्टिलाइजेसन (आइभीएफ) तथा सहायक प्रजनन प्रविधिसम्बन्धी सेवा विस्तार, गुणस्तर, पहुँच, नियमन र व्यवस्थापन महत्त्वपूर्ण तथा संवेदनशील विषय भएको बताइन्।

‘नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको हक तथा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गरेको उल्लेख गर्दै नागरिकको प्रजनन स्वास्थ्य अधिकारको संरक्षण, सुरक्षित तथा गुणस्तरीय स्वास्थ्य सेवा र सेवामा समान पहुँच सुनिश्चित गर्नु सरकारको दायित्व हो’, मन्त्री मेहताले भनिन्, ‘जनस्वास्थ्य सेवा नियमावली, २०७७ ले आइभीएफलाई विशेषज्ञ सेवाका रूपमा समावेश गरेको र निःसन्तान व्यवस्थापन सेवाका लागि सरकारले नीतिगत तथा संस्थागत व्यवस्था गर्दै आएको छ, सरकारले ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२’ तयार गरी लागू गरेको छ ।’

उक्त मापदण्डले निःसन्तानपनको स्क्रिनिङ, निदान, रोकथाम, परामर्श तथा प्रेषणदेखि औषधि तथा हर्मोनल उपचार, आवश्यक शल्यक्रिया र मापदण्ड पूरा गरेका स्वास्थ्य संस्थाबाट आईयूआई तथा आइभीएफलगायत सेवा सञ्चालन गर्ने आधार तयार गरेको उनको भनाइ छ ।

मन्त्री मेहताका अनुसार आइयुआई सेवा सञ्चालन गर्ने स्वास्थ्य संस्थामा प्रसूति तथा स्त्रीरोग सेवा, एन्ड्रोलोजी प्रयोगशाला, कोल्ड चेन, फार्मेसी, आवश्यक स्तरको प्रयोगशाला, आकस्मिक उपचार सेवा तथा दक्ष जनशक्तिको व्यवस्था हुनुपर्ने प्रावधान गरिएको छ ।

उनले आइभीएफलाई कुनै पनि अवस्थामा पहिलो विकल्पका रूपमा लिन नहुने बताइन्। द चिकित्सकीय आवश्यकता, निःसन्तानपनको कारण र सम्बन्धित विज्ञको परामर्शका आधारमा अन्य उपचार तथा विकल्पबाट समाधान सम्भव नभएको अवस्थामा मात्र आइभीएफ आवश्यक हुनसक्ने उहाँको भनाइ छ ।
मन्त्री मेहताले हाल नेपालमा आइभीएफ तथा सरोगेसीसम्बन्धी केही कानुनी तथा नीतिगत आधार भए पनि आधुनिक सहायक प्रजनन प्रविधिका सबै पक्षलाई स्पष्ट, समग्र र प्रभावकारी रूपमा सम्बोधन गर्ने छुट्टै कानुनी संरचना आवश्यक रहेको बताइन्।

विशेषगरी सर्वोच्च अदालतका विभिन्न आदेश तथा निर्देशन, विकसित हुँदै गएको चिकित्सा प्रविधि, प्रजनन अधिकार, चिकित्सकीय नैतिकता, सेवाग्राहीको अधिकार तथा प्रजनन सामग्रीको व्यवस्थापन, सेवा प्रदायक संस्थाको नियमन तथा सरोगेसीजस्ता विषयलाई समेटेर विद्यमान कानुनी संरचनालाई थप स्पष्ट र व्यवस्थित बनाउन आवश्यक रहेको उनले बताइन्।
 
उनले आइभीएफसम्बन्धी आवश्यकता, सम्भावना, सीमितता, जोखिम, खर्च तथा उपचारका वैकल्पिक विधिबारे नागरिकलाई वैज्ञानिक र तथ्यमा आधारित सूचना उपलब्ध गराउनुपर्ने बताइन्। 

आगामी दिनमा आइभीएफ सेवा उपलब्ध हुने स्वास्थ्य संस्था, सेवाको मापदण्ड तथा सेवाग्राहीले ध्यान दिनुपर्ने विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिइन्।

मन्त्री मेहताले चालु आर्थिक वर्ष २०८३र८४ भित्र आइभीएफ तथा सरोगेसीसम्बन्धी स्पष्ट कानुनी व्यवस्था गर्न आवश्यक विधेयक सङ्घीय संसद्मा पेस गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको बताइन्। उनका अनुसार यसका लागि आवश्यक अवधारणापत्र तयार भई राय–सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ भने मस्यौदा तर्जुमाको प्रक्रियासमेत प्रारम्भ भइसकेको छ ।

मन्त्री मेहताले सहायक प्रजनन प्रविधिको सुरक्षित र वैज्ञानिक प्रयोग सुनिश्चित गर्ने, सेवाको गुणस्तर कायम गर्ने, दुरूपयोग रोक्ने तथा आइभीएफ र सरोगेसीलाई स्पष्ट कानुनी दायरामा ल्याउने उद्देश्यले आवश्यक विधेयक यही आर्थिक वर्षभित्र सङ्घीय संसद्समक्ष पेस गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  ६ : २९ बजे

वडा अधिवेशन सुरु हुनै लाग्दा समेत शेरबहादुर-गगन संवादहीनता कायमै, दुवै पक्षका आ-आफ्नै अडान

काठमाडौं- गत वर्ष जेन-जी आन्दोलन भएदेखि नेपाली कांग्रेस बिरामी परेको

स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

काठमाडौं– प्रहरीले स्रोत नखुलेको ३४ लाख ९५ हजार नगदसहित दुई

नेपाल–भारत आर्थिक तथा रणनीतिक साझेदारी सुदृढ गर्न अर्थमन्त्री वाग्लेको जोड

नयाँ दिल्ली – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत आर्थिक तथा

प्रधानमन्त्रीले असोज ८ राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने, महासचिव गुटेरेसलाई पनि भेट्ने

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (यूएनजीए) को