सिद्धार्थ-तमन्नाको ‘द भ्वान’ फिल्मको ट्रेलरमै चर्कियो विवाद, के भएको थियो ? « Khabarhub

सिद्धार्थ-तमन्नाको ‘द भ्वान’ फिल्मको ट्रेलरमै चर्कियो विवाद, के भएको थियो ?


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिद्धार्थ मल्होत्रा र तमन्ना भाटिया अभिनित बहुप्रतीक्षित फिल्म ‘द भ्वानः फोर्स अफ द फरेस्ट’ प्रदर्शनमा आउनुअघि नै विवादमा तानिएको छ । 

फिल्मको ट्रेलर सार्वजनिक भएपछि गायक तथा संगीतकार सरगम वैशले निर्माण पक्षमाथि आफ्नो गीत अनुमति नलिई प्रयोग गरेको आरोप लगाएपछि फिल्म चर्चामा आएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार सरगमले ट्रेलरमा प्रयोग गरिएको ‘ऐगिरी नन्दिनी’ आफ्नो सिर्जना रहेको र यसमा आफूले लामो समयदेखि काम गर्दै आएको दाबी गरेका छन् । उनका अनुसार फिल्मको ट्रेलरमा आफ्नो गीतको मास्टर फाइल र भोकल्ससमेत प्रयोग गरिएको छ ।

सरगमले निर्माण पक्षसँग गीत प्रयोग गर्न आफूले कुनै अनुमति नदिएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले ट्रेलरबाट गीत हटाउन आग्रह गर्दै आफ्नो माग सम्बोधन नभए कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन् ।

तर, सरगमको आरोपबारे फिल्मका निर्माता वा निर्माण पक्षले भने अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। त्यसैले गीत प्रयोगसम्बन्धी विवादमा निर्माण पक्षको धारणा आउन बाँकी छ ।

 ‘द भ्वानः फोर्स अफ द फरेस्ट’ असोज ९ अर्थात् सेप्टेम्बर २५ मा प्रदर्शन हुँदैछ । दीपककुमार मिश्रको निर्देशनमा बनेको फिल्ममा सिद्धार्थ र तमन्नासँगै सुनील ग्रोवर, मनीष पल, श्वेता तिवारी र अनुप सोनीलगायत कलाकारको अभिनय छ ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ४ : २८ बजे

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा

राष्ट्रसंघको महासभाअघि रुस र युक्रेनबीच घातक आक्रमण-प्रतिआक्रमण

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा युक्रेन युद्धबारे व्यापक छलफल हुने

योगदानको कदर गर्दै देउवालाई सम्मानित अभिभावक स्वीकार्छौँ : उपसभापति भुसाल

काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा

गण्डकी र लुम्बिनीमा भारी र अति भारी वर्षाको सम्भावना

काठमाडौं । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गण्डकी