भ्रमण वर्ष २०२०लाई सफल पार्न ४० देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा « Khabarhub

भ्रमण वर्ष २०२०लाई सफल पार्न ४० देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष, २०२० लाई सफल पार्न विभिन्न ४० मुलुकका पर्यटन मन्त्रीलाई निमन्त्रणा पठाइएको बताएका छन्। उनले विभिन्न मुलुकका मन्त्रीसँग पर्यटन प्रवद्र्धनका विषयमा विचार आदानप्रदान गरिने उल्लेख गरे।

भ्रमण वर्षलाई लक्ष्य गरी विश्वका विभिन्न चर्चित व्यक्तित्व तथा राजनीतिक व्यक्तित्वलाईसमेत निमन्त्रणा गरिएको मन्त्री भट्टराईले बताए। ‘काठमाडौँसहित सात प्रदेश र विदेशी कूटनीतिक नियोगमा समेत आगामी जनवरी १ तारिखका दिन राष्ट्रिय महोत्सवका साथ कार्यक्रम गरिनेछ’, उनले भने।

रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षलाई लक्ष्य गरी यसअघि नै छुट्टै कार्यालय स्थापना गरिएको उल्लेख गरे। भ्रमण वर्ष सफल बनाउन आफ्नो नेतृत्वमा पटक पटक बैठक बसेको र पर्यटन क्षेत्र, निजी क्षेत्रका सङ्घसंस्था तथा सङ्गठनसँग घनिभूत छलफल गरिएको मन्त्री भट्टराईले जानकारी दिए।

सन् २०२० को जनवरी १ तारिखका दिन भ्रमण वर्षको भव्य शुरुआत गरिने र त्यसमा राजनीतिक दल, पर्यटन व्यवसायी, कर्मचारीलगायतको सहभागिता रहने उनले उल्लेख गरे। यस्तै जनवरी ७ मा नेपालको प्रतिनिधित्व गर्दै विदेशस्थित सम्पूर्ण कूटनीतिक नियोग, राजदूतावास तथा कार्यालयमा पनि भव्यताका साथ महोत्सवको सुरुआत गरिने मन्त्री भट्टराईले बताए।

सरकारले नेपालको सांस्कृतिक तथा प्राकृतिक स्थल र नयाँ हिमाल आरोहणका लागि खुला गरिने उनले जानकारी दिए। सो अवसरमा मन्त्री भट्टराईले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको ९० प्रतिशत काम सम्पन्न भएको र २०२० को मार्चसम्ममा हवाइसेवा शुरु गर्ने लक्ष्य रहेको उल्लेख गरे।

उनले सन् २०२१ भित्र सम्पन्न गर्ने गरी पोखरा विमानस्थलको काम ५० प्रतिशत पूरा भएको तथा आगामी पाँच वर्षभित्र बाराको निजगढमा विमानस्थल निर्माण गर्ने गरी काम अगाडि बढाउने योजना रहेको बताए।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ६ : ५४ बजे

प्रधानमन्त्रीको फेसबुक पोस्टले होइन, कानुनी प्रक्रियाले कर हटोस् : रविकिरण

काठमाडौं– जेन-जी आन्दोलनका नेता रविकिरण हमालले सामाजिक सञ्जालमार्फत शिक्षा र

प्रदेश सरकार बनाउन तीन दलको तानातान, प्रचण्ड निर्णायक, ओलीमाथि सबै सशंकित

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डको एउटा

विगत दश वर्षमा सत्ता र शक्तिका लागि गलत अभ्यास भए : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विगत १० वर्षमा सत्ता

हङकङबाट देउवाको ५ बुँदे व्याख्या : सरकारप्रति आक्रमक, प्रतिपक्षी दलहरू एक ठाउँ उभिनुपर्ने जिकिर

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले हङकबाट राजनीतिक सन्देश जारी

शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर हटाउने निर्णय स्वागतयोग्य : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चालु आर्थिक वर्षदेखि शिक्षा र