वर्षापछि नागढुंगामा सवारीसाधन होल्ड, अवस्था हेरेर मात्रै सञ्चालनमा ल्याइने (तस्बिरहरू) « Khabarhub

वर्षापछि नागढुंगामा सवारीसाधन होल्ड, अवस्था हेरेर मात्रै सञ्चालनमा ल्याइने (तस्बिरहरू)


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगातार भइरहेको वर्षासँगै सम्भावित जोखिमलाई ध्यान दिँदै काठमाडौँ उपत्यकाबाट बाहिरिने सवारीसाधन नागढुंगामा होल्ड गरिएको छ।

बिहीबार साँझ ८ बजेदेखि यात्रुवाहक तथा मालवाहक सवारीसाधन, मोटरसाइकललगायत सम्पूर्ण सवारीसाधन नागढुंगा क्षेत्रमा रोकिएको हो। वर्षाका कारण सडकमा हुनसक्ने पहिरो, ढुंगा खस्ने तथा सडक अवरुद्ध हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षा सतर्कताका रूपमा सवारीसाधन रोकिएको जनाइएको छ ।

नागढुंगा–नौबिसे सडकखण्ड हुँदै धादिङ, चितवन, पोखरा, गोरखालगायत विभिन्न जिल्लातर्फ जाने सवारीसाधनलाई नागढुंगामै रोकेर राखिएको छ। लामो दूरीका यात्रुवाहक बस तथा मालवाहक सवारीसाधनसमेत होल्डमा परेपछि यात्रु तथा चालकहरू प्रभावित भएका छन् ।

लगातारको वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा सडकमा लेदो आउन सक्ने सम्भावना रहेकाले जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन सञ्चालनमा ल्याइने बताइएको छ । सडकको अवस्था र मौसममा सुधार आएपछि सुरक्षा निकाय तथा सम्बन्धित निकायको समन्वयमा सवारी साधनलाई क्रमशः गन्तव्यतर्फ पठाइने तयारी गरिएको छ।

सम्भावित जोखिमका कारण यात्रुलाई अनावश्यक रूपमा यात्रा नगर्न तथा लामो दूरीको यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र प्रस्थान गर्न आग्रह गरिएको छ। वर्षाका कारण नागढुंगा–नौबिसे सडकखण्डमा सवारीसाधनको चाप बढ्न सक्ने भएकाले यात्रुलाई धैर्य गर्नसमेत अनुरोध गरिएको छ।

  तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  १० : ३० बजे

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौं– यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको

बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित

काठमाडौं – जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा

मनोहरा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङ पुगे च्यासल

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ बाढी आएपछिको अवस्था अवलोकनका लागि नेकपा

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच