बलिउडका चर्चित हास्य अभिनेता मुस्ताक खानको ७५ वर्षको उमेरमा निधन « Khabarhub

बलिउडका चर्चित हास्य अभिनेता मुस्ताक खानको ७५ वर्षको उमेरमा निधन


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय चलचित्र क्षेत्रमा आफ्नो फरक हास्य शैली र अभिनयबाट दर्शकमाझ लोकप्रिय बनेका अभिनेता मुश्ताक खानको बिहीबार साँझ क्यान्सरका कारण निधन भएको छ ।

अभिनेता मुस्ताक खानको ७५ वर्षको उमेरमा निधन भएको छ। उनको निधनसँगै लामो समयदेखि चलचित्र तथा रंगमञ्चमा सक्रिय एक परिचित कलाकारको यात्रा टुंगिएको छ ।

उनका छोरा मोहसिनले बताएअनुसार, अस्पताल भर्ना हुनुअघिसम्म उनी पूर्ण रूपमा स्वस्थ थिए र अभिनेता सलमान खानका अंगरक्षक शेराका छोराको डेब्यु चलचित्रको सुटिङमा व्यस्त थिए।

मुस्ताक खान विशेषगरी बलिउडका हास्यप्रधान चलचित्रमा गरेको अभिनयका कारण दर्शकमाझ चिनिएका थिए। पर्दामा उनको संवाद बोल्ने शैली, हाउभाउ र हास्य प्रस्तुत गर्ने तरिकाले दर्शकलाई आकर्षित गर्ने गरेको थियो। विभिन्न चलचित्रमा सहायक तथा हास्य भूमिकामा देखिएका उनले आफ्नै अभिनय शैलीमार्फत बलिउडमा छुट्टै स्थान बनाएका थिए।

जाफर नगरमा जन्मिएका खानले अभिनयको सुरुवात स्थानीय रंगमञ्चबाट गरेका थिए। रंगमञ्चमा अभिनय गर्दागर्दै उनले चलचित्रतर्फ पाइला अघि बढाएका थिए। त्यसपछि लामो समयसम्म फिल्म तथा स्टेज दुवै क्षेत्रमा सक्रिय रहँदै उनले आफ्नो अभिनय क्षमता प्रस्तुत गरे।

चलचित्रमा मात्र सीमित नभई खान विभिन्न रंगमञ्चीय प्रस्तुतिमा समेत सहभागी हुँदै आएका थिए। यही कारण उनका लागि अभिनय केवल पर्दामा देखिने काम मात्र नभई लामो समयदेखि निरन्तरता दिँदै आएको कला र यात्राका रूपमा स्थापित भएको थियो।

उनको निधनको खबरपछि जन्मस्थल जाफर नगरका स्थानीयवासीले समेत दुःख व्यक्त गरेका छन्। स्थानीयहरूले उनलाई चर्चित कलाकारका रूपमा मात्र नभई आत्मीय र मिलनसार व्यक्तित्वका रूपमा सम्झिएका छन् ।

उनको सम्मानमा स्थानीय समुदायले श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। परिवारले भने शोकको यस घडीमा आफ्नो गोपनीयताको सम्मान गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  १२ : ४९ बजे

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

रसुवा– भोटेकोशी बाढीबाट रसुवाका निजी विद्यालयमा ठूलो मानवीय तथा भौतिक

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौं– यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको

बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित

काठमाडौं – जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा

मनोहरा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङ पुगे च्यासल

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ बाढी आएपछिको अवस्था अवलोकनका लागि नेकपा

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि