दूतावासमा राजदूतले आफ्नो तस्वीर राख्न नमानेको ट्रम्पको आरोप « Khabarhub

दूतावासमा राजदूतले आफ्नो तस्वीर राख्न नमानेको ट्रम्पको आरोप


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका लागि पूर्व अमेरिकी राजदूत मरी योवानाविचको ट्रम्पले आलोचना गरेका हुन् ।

आफूमाथि महाअभियोग लगाउने सम्बन्धमा संसदको तल्लो सदनले गरिरहेको अनुसन्धानको क्रममा भएको सार्वजनिक सुनुवाइमा बयान दिएकी एक उच्च कूटनीतिज्ञको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रुपमा निन्दा गरेका छन् ।

उनलाई ट्रम्पले राजदूतबाट फिर्ता बोलाएका थिए । मरी सुनुवाइको क्रममा उपस्थित भएकी थिइन् र उनको बयान चल्दै गर्दा पनि ट्रम्पले धम्कीपूर्ण ट्वीट गरेका थिए ।

मरीले युक्रेनस्थित अमेरिकी दूतावासमा आफ्नो तस्बिर झुण्ड्याउन अस्वीकार गरेको ट्रम्पले आरोप लगाएका छन् । ट्रम्पले फक्स न्यूजको बिहानी शो ‘पूर्व राजदूत मरी योवानोविचले किएभमा रहेको दूतावासमा मेरो तस्बिर झुण्ड्याउन चाहन्नथिइन् ।’ ट्रम्पले यसबारे थप विवरण खुलाएका छैनन् ।

ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा बयान दिएका १२ जना मध्ये उनी पनि एक हुन् ।

राष्ट्रपति ट्रम्पले निहित स्वार्थ या शर्त राखेर युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेको आरोप छ । त्यसकै लागि अनुसन्धान भइरहेको हो । ट्रम्पले भने आफूले केही पनि अवैध नगरेको बताउँदै आएका छन् ।

राजनीतिक स्वार्थका लागि विदेशी शक्तिको सहयोग खोज्नु अमेरिकामा गैरकानूनी मानिन्छ।

ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पूर्व अमेरिकी उपराष्ट्रपति जो बाइडेन तथा उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन शुरु गर्न आग्रह गरेका थिए । त्यसकै लागि ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेको र यसले ट्रम्पलाई व्यक्तिगत रुपमा राजनीतिक लाभ हुने आरोप छ ।

जो बाइडेन आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा छन् र उनलाई प्रमुख दाबेदार मध्ये एक ठानिएको छ ।

ट्रम्प स्थानीय समय अनुसार शुक्रबार बिहान फक्स न्युजको फक्स एण्ड फ्रेण्डस् शो मा टेलिफोनमा थिए । उनले टेलिफोन संवादको क्रममा राजदूत योवानोविचलाई युक्रेनबाट फिर्ता बोलाउने आफ्नो निर्णयको बचाउ गरे ।

ट्रम्पले भने, ‘यी राजदूतलाई सबैले राम्रो भनिरहेका छन् । तर उनले मेरो तस्बिर दूतावासमा झुण्ड्याउन मानिन् । उनी दूतावासको इन्चार्ज थिइन् । तस्बिर राख्न, डेढ–दुई वर्ष लाग्यो ।’

ट्रम्पले थप आरोप लगाएका छन्, ‘उनले मेरा बारेमा नराम्रो कुरा भनिन् , उनले मेरो रक्षा गरिनन् र मसँग राजदूत परिवर्तन गर्ने अधिकार छ ।’

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  १२ : ०६ बजे

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको