मोटरसाइकलको ठक्करबाट घाइते वृद्धाको मृत्यु « Khabarhub

मोटरसाइकलको ठक्करबाट घाइते वृद्धाको मृत्यु


७ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला- मोटरसाइकलको ठक्करबाट शुक्रबार घाइते भएका एक वृद्धाको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा डिलासैनी गाउँपालिका–३ पन्सेराका ६० वर्षीया तुलसी खत्री हुनुहुन्छ । गोकुलेश्वर–गन्ना सडकखण्डको पन्सेरामा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका खत्रीको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते खत्रीलाई शुरुमा उपचारका लागि दार्चुलाको गोकुलेश्वर अस्पतालमा पठाइएको र त्यसपछि धनगढी रेफर गर्दा त्यहाँ पनि उपचार सम्भव नभएपछि नेपालगञ्ज लान लागिएको थियो ।

गोकुलेश्वरबाट गन्ना जाँदै गरेको म२प २८२० नम्बरको मोटरसाइकले पैदलयात्री खत्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

मोटरसाइकल चालक बिपिन नाथ फरार छन् । मोटरसाइकल भने प्रहरीको नियन्त्रणमा छ ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  १ : ४५ बजे

अनैतिक गतिविधिमा संलग्न २४ जना प्रहरीको नियन्त्रणमा

कैलाली– धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका

काठमाडौँ– दक्षिण अमेरिकी देश भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प गएको

रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत

हिमाली र पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना, तराईमा तातो दिन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय