परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया « Khabarhub

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा न्युयोर्कमा नेपाली डायस्पोराका प्रतिनिधिसँग अन्तरक्रिया गरेका छन् ।

न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले आयोजना गरेको कार्यक्रममा मन्त्री खनालले नेपालको विकास यात्रामा नेपाली डायस्पोरालाई महत्वपूर्ण आधारस्तम्भका रूपमा चित्रण गर्दै मुलुकको विकासमा यसको योगदान थप बढाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा डायस्पोराका प्रतिनिधिहरूले प्रविधि, कृत्रिम बौद्धिकता (एआई), विपद् व्यवस्थापनलगायत नेपालको विकासमा डायस्पोराले गर्न सक्ने योगदानका विषयमा प्रस्तुति दिनुभएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ।

मन्त्री खनालले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको ज्ञान, सीप, अनुभव, पुँजी र सञ्जाललाई नेपालको विकाससँग जोड्नुपर्ने बताए।

उनले डायस्पोरासँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै राष्ट्रिय विकासका प्राथमिकतामा उनीहरूको योगदान अभिवृद्धि गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  ३ : ०३ बजे

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता