इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार « Khabarhub

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार


१० आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार गरेका छन्।

अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्प देशको मध्यावधि निर्वाचनपछि इरानविरुद्ध हवाई आक्रमण पुनः सुरु गर्न चाहन्छन्।

इरानका अधिकारीहरूले तनाव कम गर्न र हर्मुज स्ट्रेट पुनः खोल्न अमेरिकासमक्ष प्रस्ताव पेस गरेका बेला उक्त रिपोर्ट सार्वजनिक भएको हो।

इरानका विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार संयुक्त राष्ट्र संघको मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकाले सम्झौताका सर्त पूरा गरेपछि मात्र हर्मुज खोल्ने प्रक्रिया सुरु हुने बताएका थिए।

यसै हप्ता ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की पनि दिएका थिए। यद्यपि उनले पछि न्युयोर्कमै अमेरिकी प्रतिनिधिहरूले इरानसँग राम्रो कुराकानी गरेको बताएका थिए।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  १० : ५० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक