चट्ट रुमाल क्या मालुम कोटैको खल्तीमा… « Khabarhub

चट्ट रुमाल क्या मालुम कोटैको खल्तीमा…


२१ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘आफ्नो मान्छे’ मा समावेश सुपरहिट गीत ‘चट्ट रुमाल क्या मालुम’ फेरि एकपटक चर्चामा आएको छ । निर्माण भइरहेको फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’ मा यो गीतलाई रिमेक गरेर राखिएपछि गीतको थप चर्चा भएको हो ।

‘आफ्नो मान्छे’ मा समावेश गीतलाई उदितनारायण झा, साधना सरगम, सम्भुजित बाँस्कोटा, प्रकाश श्रेष्ठ, दीपा झा लगायतले स्वर दिएका थिए भने स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र निरुता सिंहले अभिनय गरेका थिए ।

मंगलबार (आज) काठमाडौंमा आयोजना गरेर औपचारिक गरिएको ‘यात्रा’ मा समावेश नयाँ भर्सनको गीत ‘चट्ट रुमाल’ मा मेलिना राई र धर्मेन्द्र सेवानको स्वर रहेको छ भने शब्द बाबुराम दाहालका हुन् । भिडियोमा सलिनमान बानियाँ, मालिका महत, सलोन बस्नेत, प्रेक्षा बज्राचार्य लगायतले कम्मर मर्काएका छन् ।

भिडियोलाई नयाँ तरिकाले प्रस्तुत गरिएको छ भने अडियोमा पुरानो गीतको मर्म मर्न दिइएको छैन । गीतमा शम्भुजित बाँस्कोटाको संगीत छ भने राजन इशानले एरेन्ज गरेका छन् ।

सम्राट शाक्यले निर्देशन गरेको फिल्म ‘यात्रा’ मा कथा पनि निदेशक शाक्यकै छ । यस्तै फिल्मको निर्माण सुशील पोखरेलले गरेका हुन् भने बनिष शाहले सम्पादन गरेका हुन ।

यो फिल्मबाट मालिका महतले नेपाली फिल्ममा डेब्यु गर्दैछिन् । केशब भट्टराई प्रस्तुतकर्ता रहेको यो फिल्मले चैत्र २९ गतेलाई रिलिज मिति तोकेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ९ : ३९ बजे

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक