चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश « Khabarhub

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई अपराध अनुसन्धान कार्यालय, टेकुले प्रवेश नदिएको छ ।

आयोगका सदस्य मनोज दुवाडीसहित तीन सदस्यीय टोली आइतबार जबरालाई भेट्न टेकुस्थित अपराध अनुसन्धान कार्यालय पुगेको थियो । 

तर कार्यालयले टोलीलाई भित्र प्रवेश गर्न अनुमति नदिएपछि उनीहरू गेटमै करिब ४५ मिनेट कुर्नुपरेको थियो ।

लामो समयसम्म प्रवेशको अनुमति नपाएपछि आयोगको टोली जबरालाई नभेटी कार्यालयबाट फर्किएको हो ।

जबरालाई हिरासतमा राखिएको अवस्थाबारे अनुगमन तथा मानव अधिकारको अवस्थाबारे जानकारी लिन आयोगको टोली त्यहाँ पुगेको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  १ : ३७ बजे

समावेशी आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रिय समावेशी आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खड्कालाई मानव अधिकार आयोगको बोलावट

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका

प्राधिकरणको प्रष्टीकरण- राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आउन १० दिन लाग्छ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले असोज ९ गतेदेखिको अविरल वर्षाका कारण

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य