हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा « Khabarhub

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव सार्वजनिक रूपमा अस्वीकार गरे पनि इरानले अझै पनि मध्यस्थकर्ताहरूमार्फत आधिकारिक अमेरिकी प्रतिक्रियाको पर्खाइमा रहेको जनाएको छ ।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानी प्रस्ताव ‘स्वीकार्य’ नरहेको र तेहरान ‘नराम्ररी हारिरहेकाले’ सात दिनभित्र व्यापारिक जहाजका लागि जलडमरू खोल्ने सम्झौता गर्न चाहेको दाबी गरेका थिए । 

तर, इरानी विदेशमन्त्री अब्बास अराग्चीले ट्रम्पको यो अभिव्यक्तिपछि पनि अमेरिकी वार्ताकारहरूले मध्यस्थकर्तामार्फत आधिकारिक रूपमा अस्वीकृतिको जवाफ नदिएको स्पष्ट पारेका छन् ।

इरानी विदेशमन्त्री अराग्चीले सोसल मिडिया टेलिग्राममा पोस्ट गर्दै ट्रम्पको भनाइलाई स्वीकार गरे पनि उनले विगतमा विरोधाभासपूर्ण बयान दिने गरेको टिप्पणी गरेका छन् । 

अराग्चीका अनुसार इरानी वार्ताकारहरू मध्यस्थकर्ताले आधिकारिक र निर्णायक धारणा ल्याउने पर्खाइमा छन् र केवल ‘वार्ताद्वारा निकालिने समाधान’ले मात्र यो द्वन्द्व अन्त्य गर्न सक्छ । 

उनले जलडमरूमध्य खोल्नका लागि राखिएका शर्तहरू गत जुन महिनामा अमेरिका र इरानबीच हस्ताक्षर भएको समझदारी पत्रमा समावेश गरिएकै शर्तसरह रहेको पनि उल्लेख गरेका छन् ।

इरानले गत हप्ता न्यूयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय महासभाको पार्श्व बैठकका क्रममा कतारी मध्यस्थकर्तामार्फत जलडमरूमध्य पुनः खोल्ने र शत्रुता अन्त्य गर्ने प्रस्ताव अमेरिकालाई पठाएको थियो । 

विश्वको कुल ग्यास र तेल आपूर्तिको करिब पाँचौँ भाग ओसारपसार हुने यो महत्त्वपूर्ण जलमार्ग गत फेब्रुअरीमा युद्ध सुरु भएदेखि नै पूर्ण रूपमा बन्द प्रायः छ ।

ट्रम्पले भने जलमार्गमा अमेरिकाको ‘पूर्ण नियन्त्रण’ रहेको र ठूलो मात्रामा तेल पास भइरहेको दाबी गर्दै सम्झौता अस्वीकार गरेको बताएका छन् । 

यसका कारण विश्वव्यापी रूपमा तेलको मूल्यमा ठूलो वृद्धि हुनुका साथै उपभोक्ताका लागि इन्धनको लागत अत्यधिक बढेको छ । अराग्चीका अनुसार इरानले मध्यस्थकर्ताहरूबाट अन्तिम धारणा पाएपछि सोही आधारमा निर्णय लिनेछ ।

यसैबीच अमेरिका र इरानबीच मध्यस्थता गरिरहेको ओमानले सङ्कट समाधानका लागि सबै पक्षलाई खुला संवाद जारी राख्न आह्वान गरेको छ । 

ओमानका विदेशमन्त्री सय्यिद बदर बिन हमद बिन हमूद अल्बुसैदीले संयुक्त राष्ट्रसङ्घको साधारण बहसमा बोल्दै रणनीतिक जलमार्गमा जलयातायातको सुरक्षाका लागि सबै पक्षले ओमानसँग सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

अर्कातर्फ नेटोका लागि अमेरिकी राजदूत म्याथ्यू ह्विटेकरले ट्रम्पको निर्णयको समर्थन गर्दै इरानले विश्वमञ्चमा आफूलाई राम्रो देखाउनका लागि ‘अपूर्ण उपाय’ र ‘भ्रामक सम्झौता’ अघि सारेको आरोप लगाएका छन् । 

त्यसैगरी अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले अमेरिकाले लगाएको आर्थिक प्रतिबन्धले इरानलाई असर पारिरहेको दाबी गर्दै टर्की, ओमान र संयुक्त अरब इमिरेट्सले इरानी उडानहरू रोकेको र केही बैंकहरूले कारोबार बन्द गरेको जानकारी दिएका छन् ।

ट्रम्प प्रशासनले इरानमाथिको आर्थिक नाकाबन्दीलाई ‘अपरेशन इकोनोमिक आउटकास्ट नाम दिएको छ, जसको मुख्य उद्देश्य तेहरानलाई हर्मुज जलडमरूमध्यमा जहाजहरूमाथि हुने आक्रमण रोक्न बाध्य पार्नु हो । 

तर, चीनजस्ता इरानका प्रमुख व्यापारिक साझेदारहरूले अमेरिकी प्रतिबन्धलाई बेवास्ता गर्दै व्यापार जारी राखेकाले यी प्रतिबन्धहरू कत्तिको प्रभावकारी हुन्छन् भन्नेमा केही अर्थशास्त्रीहरूले शङ्का व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  १ : ३० बजे

समावेशी आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रिय समावेशी आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खड्कालाई मानव अधिकार आयोगको बोलावट

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका

प्राधिकरणको प्रष्टीकरण- राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आउन १० दिन लाग्छ

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले असोज ९ गतेदेखिको अविरल वर्षाका कारण

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य