काठमाडौं– चार दिनदेखि लगातार परेको वर्षापछि आज काठमाडौं उपत्यकाको मौसम खुलेको छ ।
दिउँसोदेखि घाम लागेसँगै उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ ।
लगातारको वर्षाका कारण बागमती, विष्णुमतीलगायत नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै विभिन्न स्थानमा सडक तथा यातायात प्रभावित भएको थियो ।
मौसम खुलेसँगै सडकमा सवारीसाधन तथा पैदलयात्रुको चहलपहल बढेको छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


























प्रतिक्रिया