नारायणीको पुलमा अड्किएको ‘क्रुज’ निकाल्न समस्या « Khabarhub

नारायणीको पुलमा अड्किएको ‘क्रुज’ निकाल्न समस्या


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – आइतबार साँझ नारायणी नदीको बाढीले बगाएर ल्याएको ‘राइनो क्रुज’ अड्किएकाले निकाल्न गाह्रो भइरहेको छ । आइतबारदेखि नै प्रयास गरिए पनि अझै निकाल्न सकिएको छैन ।

पुलको पिल्लरमा क्रुज अड्किएपछि जोखिम हुने भन्दै क्रुजलाई निकाल्ने कोसिस गरिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताए । आज दिनभरि क्रेनको सहायताले क्रुज निकाल्ने कोसिस गरिए पनि क्रेनको डोरी चुँडिएपछि अहिले काम स्थगित गरिएको उनले उल्लेख गरे ।

“आज पनि दिनभर दुई वटा क्रेन र एउटा एक्साभेटरको प्रयोग गरेर क्रुज तान्ने काम गर्‍यौँ”, उनले भने, “क्रुज अड्किएको पिल्लरबाट केही माथि (उत्तर)तिर तानेपछि डोरी चुँडिदा काम स्थगित गरिएको छ ।” क्रुज तान्न चितवनको कुरिनटारमा निर्माणाधीन बुढीगण्डकी हाइड्रोप्रोजेक्टको ८० टन क्षमताको क्रेन, नारायणघाट(बुटवल सडक विस्तार आयोजनाको क्रेन तथा एउटा एक्साभेटर प्रयोग गरिएको रानाले जानकारी दिए ।

क्रुज तान्ने क्रममा पुलमाथिबाट सञ्चालन हुने सवारीसाधन आवागमनलाई पूर्ण रूपमा रोक लगाइएको थियो । यसैबीच, नारायणी नदीमा गत वर्षदेखि व्यावसायिक प्रयोजनका लागि चलाइएको राइनो क्रुज बाढीले बगाएपछि सुरक्षित रूपमा पार्किङ नगरिएकामा चिन्ता व्यक्त गरिएको छ ।

नदीमा राखिएको नेपालकै एक मात्र र ठूलो क्रुज आपत्कालीन व्यवस्थापनबारे सञ्चालकले गरेको तयारीका विषयमा पनि स्थानीय प्रशासनले प्रश्न उठाएको छ । क्रुज सञ्चालन गर्ने संस्थाले प्रभावकारी रूपमा पार्किङ नगर्दा बाढी क्रुज बगाएको हुनसक्ने चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।

राइनो क्रुजका प्रबन्ध निर्देशक दीपक ढुङ्गेलका अनुसार क्रुजलाई नारायणी नदीमा पार्किङ गर्दा अन्तरराष्ट्रिय मापदण्डअनुसार बाँधेर राखिएको थियो । सुरक्षाका लागि क्रुजलाई २० एमएमको दुई वटा ‘टुचेन’ डोरीहरू तथा अन्तरराष्ट्रिय अभ्यास अनुसारका बाँधिएको उनले दाबी गरे । यद्यपि, प्राकृतिक विपत्तिका कारण नारायणी नदीमा आएको पानीको ठूलो बहावलाई थेग्न नसकेर क्रुज बगेको उनको भनाइ छ ।

प्रबन्ध निर्देशक ढुङ्गेलका अनुसार क्रुजको तौल ६० टन छ । नदीमा अड्किएको क्रुज ९५ फिट लामो र २१ फिट चौडा भएकाले यसमा प्रयोग गरिएका फलाम काटेर निकाल्न पनि समस्या हुने उनले बताए । उनले आफूहरू यसका प्रवर्द्धक मात्र भएकाले यस्तो प्राकृतिक विपद्को समयमा राज्यले पनि सहयोग गर्नुपर्ने बताए ।

आइतबार रातिदेखि पुलमा अड्किएको क्रुज निकाल्नका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवनका प्रमुख जिल्ला अधिकारी तथा तीन वटै सुरक्षा अङ्गका प्रतिनिधि घटनास्थलमा खटिएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ९ : २७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्