वानेश्वरमा दुर्घटना, सडकमा शव भेटियो « Khabarhub

वानेश्वरमा दुर्घटना, सडकमा शव भेटियो


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नयाँ बानेश्वरमा बिहानै भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बिहान सवा ६ बजेतिर भएको दुर्घटनामा ज्यान गुमाउनेको विभत्स शरीर मात्र फेला परेको ट्राफिक प्रहरीले जनाएको छ ।

‘सडकमा शवसँगै एक खुट्टामा जुत्ता र अर्को जुत्ता बाहिर भेटिएको छ’, घटनास्थलमा रहेका प्रहरी जवानले भने, ‘दुर्घटना कसरी भयो भन्ने खुल्न सकेको छैन ।’

उनले शवको टाउको क्षतविछ्यत भएकाले पहिचान गर्न कठिन भएको पनि बताए ।

सवारी दुर्घटना नै भएपनि ठूलो गाडीले पैदलयात्रीलाई ठक्कर दिएको वा अन्य कारणबाट दुर्घटना भएको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको छ ।

यसैबीच शनिबार युएनपार्क नजिकै एउटै दिशातर्फ गइरहेको मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा चावहिल बस्ने २३ वर्षीय सत्यम भट्टराई रहेका छन् ।

कुपण्डोलबाट युएनपार्क जाँदै गरेको बा७७प ६७९३ नम्बरको मोटरसाइकलले बा९१प १३०१ नम्बरको मोटरसाइकलाई ‘ओभरट्याक’ गर्न खोज्दा दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी प्रभाग मङ्गलबजारमा इन्चार्ज अनमोल पाण्डेले जानकारी दिए ।

इन्चार्ज पाण्डेका अनुसार बा७७प ६७९३ नम्बरको मोटरसाइकल चालक भट्टराईको मृत्यु भएको हो । भटट्टराईको कामको सिलसिलामा सोही बाटो हुँदै बानेश्वर जाँदै थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ७ : ०२ बजे

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

चितवन– यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने