वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी « Khabarhub

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी भण्डारीले आगामी दिनमा पार्टीमा सक्रिय रहँदै वाम आन्दोलनलाई बलियो बनाउने बताएकी छिन् । 

मंगलबार आयोजित कार्यक्रममा उनले पार्टीले दिएको नयाँ जिम्मेवारीबाट थप ऊर्जा प्राप्त भएको बताइन् ।  एमालेले  असोज ८ गते भण्डारीलाई सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिएको थियो । 

बाल्यकालदेखि एमालेसँग आबद्ध भएर सामाजिक सेवा तथा सामाजिक कुरीति विरुद्धका अभियानमा सहभागी हुँदै आएको स्मरण गर्दै भण्डारीले पार्टी, समाज र राष्ट्रका लागि निरन्तर काम गर्दै आएको बताइन् ।

विगतमा पार्टीभित्र देखिएका कमजोरी र गल्तीलाई सच्याउँदै अघि बढ्नुपर्ने धारणा उनको छ ।    विगतमा भएका पार्टी विभाजनले एमालेसहित समग्र वाम आन्दोलनमा असर परेको उनले बताइन् । 

२०७४ सालको निर्वाचनमा वाम एकता र सहकार्यबाट राम्रो परिणाम आए पनि त्यसपछिको विभाजनले राजनीतिक क्षति भएको उनले बताइन् ।  “नेतृत्वले गल्ती गरे त्यसको असर तलसम्म पर्छ । त्यसैले हामीभित्र रहेका कमी-कमजोरी सुधारेर अघि बढ्नुपर्छ”, उनको भनाइ छ । 

भण्डारीले जनताको विश्वास जितेर राजनीतिक आस्था बलियो बनाउनुपर्नेमा बताइन् ।  मूलधारका राजनीतिक दल विभाजित हुँदा त्यसको प्रभाव समग्र राजनीतिक क्षेत्रमा परेको उनको भनाइ छ । 

एउटा निर्वाचन परिणामका आधारमा निराश हुनुपर्ने अवस्था नरहेको उनले बताइन् ।  राष्ट्रिय स्वाभिमानको संरक्षण र नेपाली जनताको जीवनस्तर सुधारलाई राजनीतिको केन्द्रमा राखेर एमाले अघि बढ्ने उनको भनाइ छ । 

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  १० : ३८ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले