युभेन्ट्सको जीतमा हिगुईन नायक बने « Khabarhub

युभेन्ट्सको जीतमा हिगुईन नायक बने


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले संघर्षपूर्ण जीत निकालेको छ ।

शनिबार भएको खेलमा युभेन्ट्सले एट्लान्टालाई ३-१ गोल अन्तरले पराजित गरेको हो । एट्लान्टाको मैदानमा गोन्जालो हिगुईन नायक बन्दा युभेन्ट्सले पुनरागमन जित निकालेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६ औं मिनेटमा रोबिन गोसेन्सले गोल एट्लान्टालाई अग्रता दिलाएका थिए । तर, युभेन्ट्सले उत्कृष्ट पुनरागमन गर्यो ।

खेलको ७४ औं मिनेटमा हिगुईनले गोल गर्दै युभेन्ट्सलाई खेलमा फर्काए । ८२ औं मिनेटमा हिगुईनले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा पाउल डिबालाले गोल गर्दै युभेन्ट्सलाई ३-१ को जित दिलाए ।

जितसँगै शीर्ष स्थानको युभेन्ट्सले १३ खेलमा ३५ अंक जोडेको छ । युभेन्ट्स दोस्रो स्थानको इन्टर भन्दा ४ अंकले अघि छ ।

एट्लान्टाले १३ खेलबाट २२ अंक जोडेको छ । एट्लान्टा लिगको पाँचौ स्थानमा छ ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ७ : ४२ बजे

इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते

कुवेत सिटी – इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा एक

गर्मी छल्न बर्दिबासका विद्यालय बन्द

महोत्तरी – पछिल्ला पाँच दिनयता अचाक्ली बढेको गर्मी छल्न महोत्तरीको

पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो

काभ्रेपलाञ्चोक – वर्षौंदेखि दुई जिल्ला काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलमा अवस्थित

फिर्के खोला वरपरका १६० संरचना हटायो

कास्की – पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के

वर्षा घटेसँगै देशभर तापक्रम ह्वात्तै बढ्यो, भैरहवामा ४१ डिग्री

काठमाडौ – नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ