युभेन्ट्सको जीतमा हिगुईन नायक बने « Khabarhub

युभेन्ट्सको जीतमा हिगुईन नायक बने


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले संघर्षपूर्ण जीत निकालेको छ ।

शनिबार भएको खेलमा युभेन्ट्सले एट्लान्टालाई ३-१ गोल अन्तरले पराजित गरेको हो । एट्लान्टाको मैदानमा गोन्जालो हिगुईन नायक बन्दा युभेन्ट्सले पुनरागमन जित निकालेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६ औं मिनेटमा रोबिन गोसेन्सले गोल एट्लान्टालाई अग्रता दिलाएका थिए । तर, युभेन्ट्सले उत्कृष्ट पुनरागमन गर्यो ।

खेलको ७४ औं मिनेटमा हिगुईनले गोल गर्दै युभेन्ट्सलाई खेलमा फर्काए । ८२ औं मिनेटमा हिगुईनले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा पाउल डिबालाले गोल गर्दै युभेन्ट्सलाई ३-१ को जित दिलाए ।

जितसँगै शीर्ष स्थानको युभेन्ट्सले १३ खेलमा ३५ अंक जोडेको छ । युभेन्ट्स दोस्रो स्थानको इन्टर भन्दा ४ अंकले अघि छ ।

एट्लान्टाले १३ खेलबाट २२ अंक जोडेको छ । एट्लान्टा लिगको पाँचौ स्थानमा छ ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ७ : ४२ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर