गणेश पराजुलीले लिए संसदीय विशेष समितिको सभापतिको शपथ « Khabarhub

गणेश पराजुलीले लिए संसदीय विशेष समितिको सभापतिको शपथ


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिका सभापति गणेश पराजुलीले शपथग्रहण गरेका छन् । 

बुधबार सिंहदरबारमा सभामुख डोल प्रसाद अर्यालसमक्ष सभापति पराजुलीले सपथ लिएका हुन् । हिमालमा जलवायु परिवर्तनको असर तथा भोटेकोशी–त्रिशूली विपद्को अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुनर्निर्माण, भविष्यको जोखिम न्यूनीकरण, कानुनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिस गर्न समिति गठन गरिएको थियो ।

सपथपछि विशेष समितिका सभापति पराजुलीले बिपद् पूर्वतयारीका लागि पहिले भएका कामकारबाहीको समीक्षा गर्दै उद्धार, राहत तथा पुनर्स्थापनालाई प्रभावकारी बनाउने र विकासका पूर्वाधारहरूलाई जलवायु परिवर्तनसँग जुध्न सक्ने एवं सुरक्षित बनाउने विषयमा समितिले विस्तृत अध्ययन गर्ने जानकारी दिए । 

उनले विपद् जोखिम न्यूनीकरण गर्न सकिने गरी एक सशक्त प्रतिवेदन तयार पारी जनतालाई न्यायको अनुभूति गराउने प्रतिबद्धता जनाए ।

दसैँ–तिहारको बिदा र अधिवेशनको अन्तरालका कारण समयको चाप रहे पनि तथा समेट्नुपर्ने विषयहरू निकै बृहत् भएकाले तोकिएको समयसीमाभित्रै काम सम्पन्न गर्न अधिकतम प्रयास गरिने उनको भनाइ छ । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ६ : २० बजे

अख्तियारद्वारा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय,

प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चबारे गृहमन्त्रीको जवाफ- ‘बढीमा २० करोड भयो’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हेलिकप्टर उद्धारका लागि अर्बौँ रुपैयाँ खर्च

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति

काठमाडौं– एआई प्रविधि मनोरञ्जन क्षेत्रमा तीव्र रूपमा प्रवेश गरिरहेका बेला