आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल


१५ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६ अक्टोबर १ तारिख। असोज कृष्ण पक्षको पञ्चमी तिथि, पञ्चमी श्राद्ध परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। तपाईंको काम सहज बन्ने योग छ। यात्रामा सुख प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

वृष : दिन अलि नराम्रो भएकाले काम गर्दा सचेत रहनुपर्नेछ। मन अशान्त बन्ने छ। अरुसँग विवाद नगर्नु राम्रो हुन्छ। आफूले सोचेका काममा बाधा आइपर्ने भएकाले काम गर्दा सचेत बन्नुपर्ने छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

मिथुन : शुभ दिन छ। दाम्पत्य जीवनमा सफलता मिल्नेछ। सन्तानबाट सन्तुष्टि मिल्नेछ। आज योजना अनुसार रचनात्मक काम बन्नेछ। परिवारको साथले महत्त्वपूर्ण काम बन्ने छ।

कर्कट : दिन राम्रो छ। आफूले गरेको कामले मन प्रशन्न हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। खर्च कम गर्नु उचित हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन राम्रो छ। आफ्नो काममा सन्तुष्टि मिल्नेछ। नयाँ लुगा लगाउन पाइने छ। साथीबाट साथ मिल्नेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। सोचेको काममा हिम्मत गरेर लगानी गर्नु उचित हुन्छ।

कन्या : बौद्धिक क्षमता बढ्ने दिन छ । कार्यक्षेत्रमा भने आज कम बोल्नु उचित हुनेछ । परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। व्यापारबाट धन बढ्नेछ। आफन्तको सहयोग प्राप्त होला। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : धार्मिक कार्यबाट दिनको सुरुवातमा गरेका कामले सार्थकता पाउने छ। आफ्नो कामले आफूलाई सुख दिनेछ। दाम्पत्य जीवन सहज बन्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ। साथीको साथ मिल्नेछ ।

वृश्चिक : दिन राम्रो रहनेछ। व्यापारमा फाइदा हुनेछ। सन्तानबाट खुसी मिल्नेछ। पारिवारिक मेलमिलाप हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ला। सोचेको काम बन्दा मन खुशी हुनेछ । साथीसँग भने जोगिएर काम गर्नु उचित हुन्छ ।

धनु : दिन सामान्य छ । अनावश्यक यात्रा हुनेछ। स्वास्थ्यको विशेष ध्यान दिनुपर्ने छ। व्यार्थको कार्यमा ऊर्जा, समय र पैसाको खर्च हुनेछ। बिहान उठेर शिवजीलाई सम्झिएमा दिन सहज बन्ने छ।

मकर : मानसम्मान प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राज्यका उच्च अधिकारीबाट हौसला प्राप्त हुनेछ। आफ्नो परिवारले भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन्।

कुम्भ : लामो दूरीको यात्रा तय हुनेछ। आफूले गरेको काममा सन्तुष्टि मिल्नेछ। भाग्यले साथ दिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।  धार्मिक क्षेत्रको भ्रमण गर्नका लागि दिन उचित रहेको छ।

मीन : मन अशान्त बन्नेछ। आफ्नै काममा असन्तुष्टि बढ्नेछ। स्वास्थ्यको ख्याल नगर्ने बानीले समस्या बढ्ने छ। पश्चिमको यात्रा नगर्नु उचित हुन्छ। स्वास्थ्यमा सुधारका लागि  खानपानमा ध्यान दिनुपर्ने दिन छ ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार  ५ : १५ बजे

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ