न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन « Khabarhub

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत कर्मचारीहरूको सरुवा, नियुक्ति तथा पदस्थापन सिफारिस गरेको छ । 

आयोगको असोज १४ गतेको बैठकको निर्णयअनुसार न्याय सेवाका राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका अधिकृतहरूलाई विभिन्न निकाय, मन्त्रालय, आयोग, प्रदेश र अदालतहरूमा सरुवा तथा पदस्थापनको सिफारिस गरिएको हो ।

नेपाल न्याय सेवा, कानून समूहका राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव वा सो सरह) का ११ जना अधिकृतहरूको सरुवा सिफारिस गरिएको छ । 

आयोगले न्याय सेवा, कानून समूहका राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव वा सो सरह) का ४३ जना अधिकृतहरूको पनि विभिन्न मन्त्रालय, विभाग तथा प्रदेशस्तरीय निकायहरूमा सरुवा सिफारिस गरेको छ ।

त्यस्तै, आयोगले राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव वा सो सरह) को पदमा नयाँ नियुक्ति पाएका विभिन्न समूहका अधिकृतहरूको पदस्थापन सिफारिस समेत गरेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ३ : ०५ बजे

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

रुपन्देही- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण