गगन र रविले अब ‘क्रम भङ्ग’ गर्दै देश बनाउनुपर्छ : प्रचण्ड « Khabarhub

गगन र रविले अब ‘क्रम भङ्ग’ गर्दै देश बनाउनुपर्छ : प्रचण्ड


१८ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारका गतिविधि र अभिव्यक्तिले स्वेच्छाचारिता र अराजकता बढाएको बताएका छन् । 

आइतबार काठमाडौंमा कांग्रेसका महाधिवेशनलाई शुभकामना दिँदै प्रचण्डले सरकारकै कारण लोकतन्त्र र संविधानमाथि खतरा देखिएको समेत बताए । 

उनले सरकारका गतिविधि र अभिव्यक्तिले संविधान तथा समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि नै खतरा पैदा गरेको उल्लेख गरे । प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कामहरू पूरा गर्ने र नेपाललाई विश्वमा शान्ति र लोकतन्त्रको नयाँ इतिहास रच्ने देश बनाउने जिम्मेवारी काङ्ग्रेस र गगन थापाको नेतृत्वले पूरा गर्ने विश्वास व्यक्त गरे ।

उनले शान्ति सम्झौतामार्फत महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम र थारुहरूले प्राप्त गरेको पहिचान र अधिकारलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए । 

विगतमा आफूले शान्ति, संविधान र गणतन्त्रका लागि धेरै ’क्रम भङ्ग’ गरेको स्मरण गर्दै उनले अब गगन थापा र रवि लामिछाने लगायतका नयाँ नेताहरूले ’क्रम भङ्ग’ गर्दै देश निर्माणमा अगाडि बढ्नुपर्ने बताए ।

उनले सबै दलहरूबीचको समझदारीबाट मात्र समृद्ध, शान्तिपूर्ण र लोकतान्त्रिक नेपाल निर्माण सम्भव हुने बताए । साथै उनले पार्टीभित्र बाँकी रहेका अन्य नेताहरूलाई पनि एकीकृत र केन्द्रीकृत गरी विशाल शक्ति निर्माण गर्न नयाँ नेतृत्वलाई शुभकामना दिए  । 

प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार  ५ : ५४ बजे

कांग्रेस महाधिवेशन : सानाठूला सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका