गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी « Khabarhub

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

जेरुसलेम- इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस क्षेत्रमा गरिएको छुट्टाछुट्टै हवाई आक्रमणमा हमासको सैन्य शाखाका कमान्डरसहित तीन जना मारिएको दाबी गरेको छ । आइडिएफका अनुसार मारिनेमा सैन्य शाखाका कमान्डर मुआद गमाल अबु नुसेरा, अवलोकन एकाइका सदस्य महमुद इब्राहिम दिब अल्यान र हमाससँग सम्बन्धित गतिविधिमा संलग्न साकर नाबिल मुसा कैसी रहेका छन् ।

आइडिएफले आइतबार टेलिग्राममार्फत दिएको जानकारीअनुसार अबु नुसेरालाई आइतबार खान युनुस क्षेत्रमा गरिएको आक्रमणमा मारिएको हो । त्यसअघि शनिबार गरिएको छुट्टै आक्रमणमा अल्यान मारिएको आइडिएफले जनाएको छ । आइडिएफले अल्यानले हालै निर्धारित सीमारेखाको क्षेत्रमा आफ्ना सैनिकविरुद्ध गतिविधि सञ्चालन गर्नुका साथै युद्धविराम सम्झौताको उल्लङ्घन गर्दै हमासको क्षमता पुनःस्थापित गर्न काम गरिरहेको दाबी गरेको छ ।

उनलाई हवाई आक्रमणमार्फत मारिएको आइडिएफको भनाइ छ । इजरायली सेनाले आक्रमणअघि नागरिकको क्षति कम गर्न सटीक हतियार तथा हवाई निगरानीलगायतका उपाय अपनाइएको जनाएको छ । दक्षिणी कमान्ड अन्तर्गतका आफ्ना सैनिक सम्झौता अनुसार उक्त क्षेत्रमा तैनाथ रहेको र तत्काल खतरा ठानिएका गतिविधिविरुद्ध कारबाही जारी राख्ने पनि आइडिएफले बताएको छ ।

यसअघि खान युनुस क्षेत्रमा गरिएको अर्को आक्रमणमा कैसी मारिएको आइडिएफले जनाएको थियो । सेनाका अनुसार कैसीले सन् २०२३ अक्टोबर ७ को आक्रमणका क्रममा इजरायली क्षेत्रमा प्रवेश गरेका थिए । उनले हमाससँगको गतिविधिसँगै टर्कीको डेनिज फेनेरी नामक संस्थाको निर्देशकका रूपमा समेत काम गरेको आइडिएफको दाबी छ ।

आइडिएफले उक्त संस्थाले आफूलाई मानवीय सहायता सङ्गठनका रूपमा प्रस्तुत गरे पनि हमासका वरिष्ठ सदस्य र टर्कीका केही पक्षसँग सम्बन्ध राख्दै आएको आरोप लगाएको छ । कैसीले संस्थामार्फत हमासका सदस्यलाई रोजगारी दिन तथा आर्थिक सहयोग उपलब्ध गराउन भूमिका खेलेको पनि आइडिएफले दाबी गरेको छ ।

इजरायली सेनाले कैसीले युद्धका क्रममा आफ्ना सैनिक तथा इजरायली नागरिकविरुद्ध गतिविधि सञ्चालन गर्नुका साथै युद्धविरामको उल्लङ्घन गर्दै हमासको क्षमता पुनःस्थापित गर्न काम गरेको आरोप लगाएको छ । आइडिएफले हमासको सैन्य गतिविधिलाई सहयोग गर्ने वित्तीय क्षमतामा समेत अवरोध पु¥याउने प्रयास जारी राखेको जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ३ : १२ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली