धनगढीमा चट्याङ लागेर सात जना घाइते « Khabarhub

धनगढीमा चट्याङ लागेर सात जना घाइते


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना घाइते भएका छन् ।

गए राति स्थानीय खुशिलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला घर नजिकै चट्याङ पर्दा त्यसको झिल्का लागेर उनीहरू घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते हुनेमा ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा चौधरी, १३ वर्षीया श्रृष्टी चौधरी, ५५ वर्षीया बाग्मती चौधरी, सात वर्षीय सिसिर चौधरी, १४ वर्षीया रेनुका चौधरी र ३५ वर्षीया जानकी चौधरी रहेका छन् ।

घाइते सबैलाई राति नै उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको छ । अस्पतालमा उपचाररत सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  १० : ३६ बजे

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना

चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालन

बनेपा– आगामी बडादसैँ, दीपावली र छठलगायतका चाडपर्वलाई लक्षित गरी जिल्लाका

कांग्रेस सभापतिमा उम्मेदवारी दिने किशोरसिंह राठौरको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले पार्टी सभापतिमा उम्मेदवारी दिने

किर्तिपुर क्राउन्सलाई यू–१९ गर्ल्स बास्केटबलको उपाधि

काठमाडौँ– यू–१९ गर्ल्स बास्केटबल लिगको उपाधि किर्तिपुर क्राउन्सले जितेको छ।