नालापानीमा वीर बलभद्रको सम्झना « Khabarhub

नालापानीमा वीर बलभद्रको सम्झना


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  शहीद वीर बलभद्र कुँवरको सम्झनामा विशेष कार्यक्रम गरिएको छ । अङ्ग्रेज सेनाका विरुद्ध उनको नेतृत्वमा गरिएको युद्धको सम्झनामा नेपालीहरुले नालापानी किल्लामा पदयात्रा गर्नुका साथै विशेष कार्यक्रमको आयोजना गरेका हुन् ।

नालापानीमा रहेका नेपालीले अङ्ग्रेजविरुद्ध युद्ध लडेको सम्झनामा हरेक वर्ष पर्वका रूपमा नै कार्यक्रम गरेर बलभद्रको सम्झना गरे पनि नेपालमा कुनै कार्यक्रम गरिँदैन । गोर्खा डेमोक्रयाट फ्रन्ट देहरादूनका अध्यक्ष सूर्यविक्रम शाहीले बलभद्रका कारण संसारमा नेपाली वीर भनेर चिनिएको बताए ।

उनले  भने, “नालापानीमा जस्तो युद्ध कहीँ भएन, त्यसैले हरेक वर्ष गोर्खालीको वीरता र नालापानी युद्धलाई सम्झाउने गरेर कार्यक्रम गर्दछौँ ।”

उनले नालापानीमा मात्रै उपल्लो तहका जनरल जिलेस्पी मारिएको र अङ्ग्रेजले आफ्नो शत्रु गोर्खाली सेनाको सम्मानमा स्मारक बनाएको जानकारी दिए ।

“अङ्ग्रेजले नालापानी युद्धपछि देहरादूनमा जिलेस्पी र बलभद्रको स्मारक बनाएर ‘वीर दुश्मन’ भन्दै युद्ध कौशलको सम्मान गरेको भेटिन्छ”, उनले भने, “स्मारक अहिले देहरादूनमा हेर्न सकिन्छ, भारत सरकारले पनि स्मारक भएका क्षेत्र वरिपरि घेरबार लगाई संरक्षण गरेर राखेको छ ।”

नालापानी युद्धको सम्झनामा आज देहरादूनको खलङ्गाद्वारबाट नालापानी किल्लासम्म झण्डै पाँच सय नेपालीले पदयात्रा गरेका छन् । नालापानीमा सन् १८१४ देखि १८१६ सम्म गोर्खाली र अङ्ग्रेजबीच युद्ध भएको थियो । अन्तिम पटक अक्टोबर र नोभेम्बरमा युद्ध भएको थियो । त्यसैले देहरादूनका नेपाली समुदायले नोभेम्बर महिनामा विभिन्न कार्यक्रम गर्ने गर्छन् । आजै ऐतिहासिक नालापानी युद्धको अवसरमा ४५ औँ पटक खलङ्गा मेला पनि भएको छ ।

मेलामा नालापानी युद्धका बारेमा चर्चा गरिनुका साथै विभिन्न साँस्कृतिक कार्यक्रम गरिएका छन् । उक्त अवसरमा नेपाली समुदायका विभिन्न परिकार बनाएर विक्री वितरण पनि गरिएको छ ।

देहरादूनमा बसोबास गरेका नेपालीले गोर्खालीले हारेको नभई सुगौली सन्धिले गर्दा युद्ध रोकिएको बताएका छन् । वीर गोर्खा कल्याण समितिका महासचिव विशाल थापाले भने, “नालापानी युद्धका कमाण्डर बलभद्रले नालापानी किल्ला छाड्दा ‘हामीले हारेका छैनौँ, किल्ला छाडेर जान्छौँ’ भन्नुभएको इतिहास छ, बलभद्र सधैँ अङ्ग्रेजसँग लड्नुपर्छ भन्दै पञ्जाबका राजा रणजीत सिंहका तर्फबाट लड्ने क्रममा अफगानिस्तानमा मारिएको भन्ने इतिहास छ ।”

दुई सय वर्ष अघि युद्ध भएको नालापानी क्षेत्रको संरक्षण थालिएको छ । किल्लाको अवशेष नभए पनि नजिकै यहाँका नेपालीको पहलमा खलङ्गा युद्ध स्मारक बनाई नालापानी क्षेत्रको संरक्षण गरिएको छ । नेपाली भाषीहरुको पहलमा झण्डै २५ लाख भारतीय रुपयाँको लागतमा १० वर्ष अघि उक्त स्मारक बनाइएको थियो ।

गोर्खाली सेनाले पूजा गर्ने मन्दिर र अङ्ग्रेजको तोपको गोलाले फुटाएको ठूलो ढुङ्गा अहिले पनि सुरक्षित राखेर संरक्षण गरिएको छ । यसका लागि भारत सरकारले आर्थिक सहयोग गरेको हो ।

देहरादूनमा झन्डै १० लाख नेपाली भाषीको जनसङ्ख्या रहेको बताइएको छ । अन्तर्राष्ट्रिय वीपी चिन्तन प्रतिष्ठान भारतका अध्यक्ष सन्दीप रानाले नालापानी किल्लाको संरक्षण गर्नु यहाँका नेपालीको दायित्व भएको बताए । उनले भने, “सच्चा नेपालीका लागि नालापानी किल्ला तीर्थ हो, वीरहरुको अनुभव मात्र होइन नालापानीमा वीरता झल्किन्छ ।”

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ६ : १९ बजे

मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च

पाँचथर– हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी– शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई

अब राजनीति ‘पुस्तान्तरण’ उल्टाउन सकिँदैन: बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०८२ को आमनिर्वाचनको परिणामले

अस्वस्थ खानपान र तनावले बढ्यो हृदयघात, कसरी बच्ने ?

काठमाडौँ – गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको