मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द « Khabarhub

मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै बिहीबार र शुक्रबार सबै विद्यालय बन्द गरिएको छ।

राज्यका विभिन्न क्षेत्रमा पछिल्ला दिनमा धुवाँ बढ्नुका साथै वायु गुणस्तर लगातार बिग्रिएपछि सावधानीस्वरूप विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

जोहोर शिक्षा तथा सूचना समितिका अध्यक्ष मुहम्मद नकीब मोहम्मद गजालीले बुधबार जारी गरेको विज्ञप्तिमा विद्यार्थीको स्वास्थ्य र सुरक्षाको संरक्षणका लागि विद्यालय बन्द गरिएको जनाएका छन्।

विद्यालय बन्द हुँदा जोहोरका एक हजार १९८ विद्यालय प्रभावित भएका छन्। यसबाट ६ लाख १७ हजार २५८ विद्यार्थीको नियमित पठनपाठन प्रभावित भएको छ।

बिहीबार बिहान १० बजे जोहोरको सेगमट क्षेत्रमा वायु प्रदूषण सूचकाङ्क (एपीआई) १८७ पुगेको थियो। यो अस्वास्थ्यकर वायु गुणस्तरको स्तर हो।

राजधानी क्वालालम्पुरसहित मलेसियाका ३८ क्षेत्रमा पनि अस्वास्थ्यकर एपीआई स्तर रेकर्ड गरिएको छ। बढ्दो धुवाँ र वायु प्रदूषणले स्वास्थ्यमा जोखिम बढाउन सक्ने भएकाले जोहोरमा विद्यालय बन्द गर्ने निर्णय गरिएको अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  ४ : २४ बजे

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब

एमालेले मङ्सिरमा वडा र पुसमा पालिका अधिवेशन गर्ने

काठमाडाैँ – नेकपा एमालेले स्थानीय तहअन्तर्गतका वडा र पालिका कमिटीका

प्रवास कांग्रेसका डण्डपानी कँडेल केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी कँडेल (डीपी) ले

गृहमन्त्री गुरुङ र अमेरिकी कार्यवाहक राजूदत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र गृहमन्त्री