बजेटको मध्यावधि समिक्षा : विकास बजेट १८ प्रतिशत मात्रै खर्च, व्यापारघाटा अत्यासलाग्दो | Khabarhub Khabarhub

बजेटको मध्यावधि समिक्षा : विकास बजेट १८ प्रतिशत मात्रै खर्च, व्यापारघाटा अत्यासलाग्दो



काठमाडौ– स्थीर सरकार बनेको भएपनि चालू आर्थिक वर्ष पनि समष्टिगत बजेट खर्च मात्रै होइन, विकास खर्च समेत निराशाजनक देखिएको छ । अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेटको मध्यावधि समिक्षाअन्तर्गत कूल बजेटको २८ दशमलव ६ प्रतिशत मात्रै बजेट खर्च भएको देखाएको छ ।

प्रतिवेदनमा चालू आर्थिक वर्षको ६ महिनामा ३ खर्ब ७५ अरव ८२ करोड मात्रै बजेट खर्च भएको छ । जुन कूल बजेटको २८ दशमलव ६ प्रतिशत हो । सरकारले चालू आर्थिक वर्षको ६ महिनामा करिव ३५ प्रतिशत बजेट खर्च गर्ने लक्ष्य लिएको थियो ।

विकास बजेट जम्मा १८ प्रतिशतमात्रै खर्च

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा विकास बजेट जम्मा १७ दशमलव ७ प्रतिशतमात्रै खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु खर्च करिव ३५ प्रतिशत पुगेपनि विकास खर्च भने जम्मा १७ दशमलव ७ प्रतिशत मात्रै भएको छ ।

अघिल्लो वर्षको पहिलो ६ महिनामा १४ दशमलव ४ प्रतिशत विकास खर्च भएपनि स्थीर सरकार बनेपछि उल्लेख्य रुपमा हुने खर्च बढ्ने अपेक्षा रहेपनि अपेक्षित रुपमा खर्च बढ्न सकेन । चालु आर्थिक वर्षका लागि पु“जीगत खर्चका लागि ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख रुपैयाँ विनियोजन गरिएको भएपनि ६ महिनामा जम्मा ५५ अर्ब ५२ करोड ३ लाख रुपैयामात्रै खर्च हुन सकेको हो ।

राजश्व संकलनमा समेत कमी

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा राजस्व संकलन पनि लक्ष्यअनुरुप संकलन हुन सकेको छैन । ६ महिनामा राजस्व संकलन ४ खर्ब २९ अर्ब ५८ करोड ३ लाख लक्ष्य राखिएकोमा ४ खर्ब २ अर्ब ४५ करोड ७६ लाख मात्रै राजश्व संकलन भएको छ ।

मुद्रास्फिती ४ प्रतिशतमा सिमित

अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष महगी ४ दशमलव २ प्रतिशतमा सिमित रहेको छ । मुद्रास्फिती साढे ६ प्रतिशतमा सीमित राख्ने सरकारी योजनाअनुरुप बजेट सार्वजनिक गरेको सरकारले मह“गी ४ प्रतिशतमा सिमित राख्न सफल भएको हो ।

विदेशीने नेपाली घटे, रेमिटयान्स बढ्यो

चालु अर्थिक वर्षको पहिलो ६ महिनामा विप्रेषण आप्रवाह ३० दशमलव २ प्रतिशतले बढेको अर्थ मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा विदेशबाट नेपाली कामदारले पठाउने रकम ४ खर्ब ४३ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । तर अघिल्लो वर्षको तुलनामा विदेशीने नेपालीको संख्यामा भने कमी आएको छ । मन्त्रालयको रेकर्डअनुसार अघिल्लो वर्षको तुलनामा ३९ दशमलव १ प्रतिशतले कमी आएको छ ।

अत्यासलाग्दो व्यापारघाटा

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा व्यापारघाटा ३२ दशमलव १ प्रतिशतले बढेर ६ खर्ब ७८ अर्ब ५३ करोड रुपैया बढेको छ । अघिल्लो वर्ष करिब २० प्रतिशतले बढेको व्यापारघाटा चालु आर्थिक वर्ष भने झनै चुलिएको हो । रासायनिक मल, औद्योगिक कच्चापदार्थ, मेसिनरी पार्टस र पेट्रोलियम पदार्थको आयात बढेपछि व्यापारघाटा बढेको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलबार  ८ : ५३ बजे

साझेदारी र कनेक्टिभीटी नेपाल-भारत साझा समृद्धिका आधार : परराष्ट्रमन्त्री  

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल भारतबीचमा विभिन्न क्षेत्रमा

गर्मीमा ‘लू’ बाट कसरी बच्ने, यी हुन् ६ उपाय

काठमाडौं– पछिल्ला दिनयता गर्दै गर्मी बढ्दै गइरहेको छ । चर्कँदो

सीमाबाट अवैध चल्ला भित्रिँदा नेपाली ह्याचरी व्यवसाय संकटमा

चितवन– व्यवसायिक ह्याचरीबाट कोरलियका कुखुराको चल्लाले मूल्य नपाउँदा व्यवसायीहरू समस्यामा

अनेरास्ववियुमा कडारियालाई आधिकारिक र पौडेललाई अनधिकृत भनिएपछि बालुवाटारको हस्तक्षेप

काठमाडौं- नेकपा एमालेको नर्सरीका रुपमा लिइने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र

दिलभूषणपछि अर्का पत्रकार नारायण अर्यालको घरमा पनि प्रहरी

काठमाडौं– पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको नेपाल