धनुषामा बेहुला र जन्तीका लागि बेहुलीका बुवाले गरे हेलिकोप्टर चार्टर्ड | Khabarhub Khabarhub

धनुषामा बेहुला र जन्तीका लागि बेहुलीका बुवाले गरे हेलिकोप्टर चार्टर्ड


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– धनुषाको कमला नगरपालिकामा हेलिकोप्टर चार्टर्ड गरी बालविवाह गरिएको छ । विवाह शनिवार भएको हो ।

प्रदेश नम्बर २ स्थित धनुषाको कमला नगरपालिका वडा नम्बर -४ बल्हा सघारा हेलिकोप्टर अवतरण गरिएको थिए । प्रभु एअरको आर ६६ टरवाइन हेलिकप्टरमा दुलहा उनका बुवा र दुई जन्तीसहति बेहुलीको घर पुगेका थिए ।

१६ वर्षीया बेहुली सबनम कवारीको विवाहका लागि बुवा सतार कवारीले ज्वाइँ र जन्तीका लागि हेलिकोप्टर चार्टड गरेका थिए । विवाह सकिएपछि साँझ चार बजे हेलिकोप्टर सिरहा खुसीपुर नगरपालिका लर्कन्हाका लागि उडेको स्थानीयले बताएका छन् ।

बाल विवाहमा वडा नम्बर ४ का वडा अध्यक्ष विवाहमा वडाध्यक्ष पल्टु कबारी, बल्हा प्रहरी चौकी इञ्चार्ज असई गणेश दनुवार, दुब्बरकोट सशस्त्र प्रहरी वेस क्याम्पका हवल्दार रञ्जित दनुवार पनि उपस्थित भएका थिए ।

बालविवाह भइरहेपनि सुरक्षा निकाय र जनप्रतिनिधले रोक्ने कुनै प्रयास गरेन् । वडा अध्यक्ष कबारीले भने आफूलाई बालविवाह भन्ने थाहा नभएको बताए । विवाहको निम्तो आएका कारण आफू उपस्थित भएको उनको प्रतिक्रिया थियो ।

प्रदेश नम्बर दुईमा बालविवाह सामाजिक समस्याको रुपमा रहेको छ । बालविवाह रोक्नका लागि विभिन्न प्रयास हुने गरेपनि रोकिएको भने छैन ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ८ : ०३ बजे

गत वर्षमा विदेश पढ्ने नाममा बाहिरियो एक खर्ब ३८ अर्ब

काठमाडौं– गत आर्थिक वर्ष ०८१/८२ मा नेपालबाट विदेश पढ्न जाने

एक वर्षमा ८३ अर्ब १९ करोडको शेयर सूचिकृत 

काठमाडौं– गत आर्थिक वर्ष २०८१/८२ को एक वर्षको अवधिमा ८३

पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालको भ्रष्टाचार मुद्दा सर्वोच्च पुग्यो

काठमाडौँ – अख्तियार दुरुपयोग आयोगले सुरक्षण मुद्रण केन्द्रमा भएको अन्तःशुल्क

युक्रेनको स्वतन्त्रता दिवसमा सहभागी हुन क्यानडाका प्रधानमन्त्री किएभमा

किएभ– क्यानडाका प्रधानमन्त्री मार्क कार्नी आइतबार युक्रेनको स्वतन्त्रता दिवस मनाउन