शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल « Khabarhub

शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल


२४ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन गर्दै विद्यार्थीलाई भविष्यका चुनौती सामना गर्न र अवसरको सदुपयोग गर्न सक्षम बनाउनुपर्ने बताएका छन् ।

पशुपति मित्र माध्यमिक विद्यालयको ८०औँ वर्ष प्रवेशका अवसरमा आज आयोजित समारोहमा उनले विज्ञान, प्रविधि र कृत्रिम बौद्धिकता (एआई) को तीव्र विकाससँगै शिक्षा प्रणालीको स्वरूप पनि परिवर्तन भइरहेको बताए ।

राष्ट्रपति पौडेलले शिक्षा प्रणालीले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञान र परीक्षामा उच्च अङ्क हासिल गर्ने क्षमतामा मात्र सीमित राख्न नहुनेमा जोड दिए । आजका विद्यार्थी नै भविष्यका शिक्षक, चिकित्सक, इन्जिनियर, प्रशासक, उद्यमी, राजनीतिज्ञ, वैज्ञानिक तथा जिम्मेवार नागरिक बन्ने भएकाले उनीहरूमा व्यावहारिक ज्ञान, नवीन सोच र समस्या समाधान गर्ने क्षमता विकास गर्नुपर्ने उनको भनाइ थियो ।

राष्ट्रको भविष्य निर्माण गर्ने आधार शैक्षिक प्रणाली भएकाले विद्यार्थीमा अनुशासन, इमानदारी, परिश्रम, सदाचार, देशप्रेम र सामाजिक उत्तरदायित्वजस्ता गुण विकास गर्नुपर्ने राष्ट्रपति पौडेलले बताए।

उनले राष्ट्रप्रतिको जिम्मेवारीबोध र सामाजिक सद्भावलाई शिक्षाको अभिन्न अङ्ग बनाउनुपर्नेमा जोड दिए । विद्यार्थीलाई प्रविधिको सदुपयोग गर्न र राष्ट्रप्रति जिम्मेवार बन्न प्रेरित गर्नुपर्ने उल्लेख गर्दै उनले यसका लागि सरकार, नीतिनिर्माता तथा शिक्षा क्षेत्रका सरोकारवाला सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  १ : ०४ बजे

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड