महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता « Khabarhub

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता


२४ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट सेवा सञ्चालनका लागि नेपाल टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरी बलका एक जना सहायक प्रहरी निरीक्षक (असई) महाकाली नदीमा बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा दोधारा चाँदनीस्थित देवीस्थान बीओपीमा कार्यरत असई सागरराज थारु रहेका छन् ।

केही दिनअघि महाकाली नदीमाथिको झोलुङ्गे पुल भत्किएपछि नेपाल टेलिकमको तारसमेत चुडिएको थियो । तार चुडिएसँगै दोधारा चाँदनी क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो ।

अवरुद्ध सञ्चार सेवा पुनः सञ्चालन गर्ने उद्देश्यले तार तान्ने काम भइरहेका बेला थारु नदीमा बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ ।

बेपत्ता असई थारुको खोजी भइरहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  २ : २४ बजे

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका

मौसम सुधार भएपछि धौलागिरि आरोहण सुरु

म्याग्दी– मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनःसुरु