दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने « Khabarhub

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने


२४ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्ज खुला रहने भएको छ ।

इजलासका अनुसार बिदाका कारण सेवाग्राही अत्यावश्यक न्यायिक सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले अदालतले दसैँ बिदाको अवधिमा बन्दीप्रत्यक्षीकरण, वाणिज्यसम्बन्धी पक्राउ पुर्जीको अनुमतिलगायत अत्यावश्यक प्रकृतिका निवेदनमाथि सुनुवाइ हुनेछ ।

घटस्थापनाको दिन असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्म अदालत खुला रहने छ । दसैँमा हुने सार्वजनिक बिदाका दिन पनि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म न्याय प्रशासनसम्बन्धी काम कारबाही सञ्चालन हुने इजलासका प्रवक्ता ध्रुवप्रसाद सुवेदीले जानकारी दिए ।

उनले घटस्थापना, विजयादशमी र शनिबारबाहेक अन्य सार्वजनिक बिदाका दिनमा अत्यावश्यक प्रकृतिका निवेदनमाथि सुनुवाइ हुने पनि बताए ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  ८ : १६ बजे

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच