देश दुःखमा पर्दा हामीलाई पनि आँसु आउँछ: गौतम दाहाल « Khabarhub

देश दुःखमा पर्दा हामीलाई पनि आँसु आउँछ: गौतम दाहाल

'देशले आशा र भरोसा गरेको नेतृत्व गगन थापा हुन्'


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहभागी हुन अमेरिकाबाट काठमाडौँ आएका गौतम दाहाल परदेशमा बस्ने नेपालीको मन सधैँ घरदेशसँगै जोडिने बताउँछन्।

‘तपाईं परिवारलाई माया गर्नुहुन्छ भने यो देश आमा हो र प्रेमिका हो। भूगोलमा बसेर संघर्ष गर्नेलाई भन्दा टाढा (परदेश) मा बसेर संघर्ष गर्नेले देशलाई अझ बढी सम्झिन्छन्। जसरी गाउँ छोडेपछि गाउँको याद आउँछ, त्यसैगरी देश छोडेपछि देशको याद हरपल आइरहन्छ’, गाैतम भन्छन्।

ओखलढुंगामा जन्मिएर भारतको नयाँदिल्ली हुँदै अमेरिका पुगेका दाहाल विगत २५ वर्षदेखि अमेरिकामा बस्दै आएका छन्। उनी नेपाली जनसम्पर्क समिति अमेरिकाका महामन्त्री हुन् ।

सुरुमा नेपाल वान टेलिभिजनमार्फत दिल्लीबाट पत्रकारिता गरेका उनी संयुक्त राष्ट्रसंघको महासभा रिपोर्टिङका क्रममा अमेरिका पुगेका थिए। त्यसपछि उतै बसोबास गर्दै आएका दाहाल सामाजिक-राजनीतिक अभियानमा निरन्तर सक्रिय छन्।

अमेरिकाको बसाइ र त्यहाँको वास्तविकता सुनाउँदै दाहाल बाहिरबाट हेर्दा जति लोभलाग्दो देखिए पनि अमेरिकामा नेपाली विद्यार्थीहरूको जीवन निकै कष्टकर र संघर्षपूर्ण रहेको बताउँछन्। ‘अमेरिका पुग्नेबित्तिकै सबै सहज हुन्छ भन्ने सोचाइ भ्रम हो, त्यहाँ विद्यार्थीहरूले निकै दुःख र कडा परिश्रम गरिरहेका छन्’, उनले भने।

देशको वर्तमान राजनीतिक परिस्थिति र नेपाली कांग्रेसको नेतृत्वबारे चर्चा गर्दै उनले पार्टीलाई परिमार्जित र विश्वासिलो बनाउन युवा नेताको भूमिका अहम् हुने उल्लेख गरे।

कांग्रेसका सभापति गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माको कार्यशैलीको प्रशंसा गर्दै दाहालले भने, “गगन थापा र विश्वप्रकाश शर्मा कांग्रेसका ‘कर्मीमौरी’ हुन्। पार्टीलाई बलियो र जनप्रिय बनाउन हामीले पनि उहाँहरूसँगै सिपाही र कर्मीमौरीका रूपमा काम गर्नुपर्छ। देशले आशा र भरोसा गरेको गतिशील नेतृत्व कांग्रेस सभापति गगन थापा नै हुन्।”

पार्टी नेतृत्वमा आफ्नै उमेर समूहका परिपक्व र ऊर्जाशील नेता हुनुले युवा पुस्तामा उत्साह जगाएको बताउँदै उनले अन्य राजनीतिक दलहरूले पनि यस्तै गतिशील नेतृत्व अगाडि बढाउनुपर्नेमा जोड दिए। देशमा संकट र अन्योल सिर्जना हुँदा अन्ततः नेपाली कांग्रेस नै जिम्मेवार र अभिभावकका रूपमा उभिने गरेको दाबी पनि उनले गरे।

घरदेश र परदेशलाई जोड्ने पुलका रूपमा प्रवासमा रहेका नेपालीहरूले काम गरिरहेको बताउँदै दाहालले नेपालको सकारात्मक पाटो र सम्भावनालाई मिडियाले प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  ३ : ५६ बजे

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका पूर्वाधार योजना कार्यान्वयन हुँदै

दमौली- नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

सुनसरी- सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन

ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

काठमाडौँ – नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको