मौलिक संस्कृति जोगाउन मातृशक्तिको भूमिका महत्त्वपूर्ण : शंकर पोखरेल « Khabarhub

मौलिक संस्कृति जोगाउन मातृशक्तिको भूमिका महत्त्वपूर्ण : शंकर पोखरेल


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मौलिक संस्कृति र सामाजिक मूल्य–मान्यताको संरक्षणमा मातृशक्तिको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

जाति, पुस्ता, धर्म र संस्कृतिका नाममा समाज विभाजित हुँदै गएको उल्लेख गर्दै उनले मौ लिक संस्कृतिको जगेर्ना र मातृशक्तिको सम्मानमा जोड दिएका हुन् ।

नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीकी आमा रेखी बुढाथोकीको स्मृतिमा आयोजित शोक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले भौतिक विकासले मात्रै समाज समृद्ध नहुने बताए । सूचना तथा प्रविधिको विकाससँगै मौलिक संस्कृतिलाई पनि जीवन्त राख्नुपर्ने उनको भनाइ थियो ।

आमाले सुसंस्कृत समाज निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै पोखरेलले नयाँ पुस्ताले मातृशक्तिको गौरव गर्नुपर्ने बताए । राष्ट्रको गौरव र पहिचान जोगाउन मौलिक संस्कृति तथा सामाजिक संस्कारको संरक्षण आवश्यक रहेको उनले धारणा राखे ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य नरुलाल चौधरीले संस्कार, सन्तान र समाज निर्माणमा आमाको भूमिका महत्त्वपूर्ण हुने बताए । अभिभावकको सल्लाह र मार्गदर्शनले सामाजिक तथा राजनीतिक आन्दोलनलाई समेत सही दिशा दिने उनको भनाइ थियो ।

एमाले जिल्ला कमिटी दाङका अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

मनोहर बुढाथोकीकी आमा रेश्मीकुमारी बुढाथोकीको उपचारका क्रममा गत असोज १४ गते ८१ वर्षको उमेरमा निधन भएको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  ४ : ०० बजे

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका पूर्वाधार योजना कार्यान्वयन हुँदै

दमौली- नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

सुनसरी- सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन

ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

काठमाडौँ – नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको